वीरगंज ४ गते मंसिर । क्रिएटिभ स्कुल्स ग्रुप पर्साको आयोजनामा तिन दिने अन्तर बिधलाय क्रिकेट प्रतियोगिता २०७१ को आज नरायाणी रङ्गशालाको खेल मैदानमा जिल्ला शिक्षा कार्यालय पर्साका सहायक जिल्ला शिक्षा अधिकारी मञ्जुर आलमले सो क्रिकेट प्रतियोगिता कार्यक्रमको समुदघाटन गर्नू भयो ।
सो अन्तर बिधालय क्रिकेट प्रतियोगिताको समुदघाटन कार्यक्रमका बिशेष अतिथी रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताले बिधाथीहरु बिधार्थीकालमा अध्यन गरिनुको साथै खेललाई ध्यान पुर्व खेल खेल्ने अभ्यास गरेमा पछि गएर राम्रो खेलाडी बन्ने समुदघाटन कार्यक्रममा बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अतिथीमा एन प्याबसन पर्साका अध्यक्ष राम सुन्दर प्रसाद चौधरी, बिधालय ताईक्वाण्डो महासंघका महासचिव तथा ओशिश सेकेण्ड्री स्कुलका संस्थापक प्र.अ. ईन्द्र देव साह, ग्रिन ल्याण्ड मा.बि.का संस्थापक प्र.अ.उपेन्द्र पंडित, पिस जोन स्कुलका संस्थापक प्र.अ.होरिल साह, डल्फीन स्कुलका संस्थापक प्र.अ. जंग बहादुर चौधरी लगायतले समुदघाटन कार्यक्रममा आ आफनो शुभकामना मन्तब्य गरेका थिए ।
भने समुदघाटन कार्यक्रमको सभापति प्र.अ. जियलाल साहको सभापतित्वमा समुदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त समुदघाटन कार्यक्रम पश्चात नारायाणी रङ्गशालाको खेल मैदानमा ग्रिनल्याण्ड मा.बि. र सालोमा मा.बि. बिच अन्तर बिधालय क्रिकेट प्रतियोगिता २०७१ को खेल शुरु भएको छ ।