–बिम्मी शर्मा
क्रोको वा झुलुवामा सानो बच्चा रोइरहेको छ, एउटी ८, १० वर्षकी बालिका गीत गाएर त्यो बच्चालाई सुताउने कोशिश गर्दैेछे, कहिले उसलाई तेल लगाउँछे, कुनै बेला खुवाउँछे अनि कुनै बेला उसँग खेलिरहेकी हुन्छे । बाउ रिक्सा चलाउन वा अरुको खेतमा मजदरी गर्न गएको छ, आमाचाँहि अरुको घरमा बनिबुतो गर्न गएकी छ । घरधन्दा हेर्न र साना भाइ, बहिनालाई हेर्ने जिम्मेवारी तिनै बालिका को अवोध काँधमा छ । स्कुल जाने उमेरकी ती बालिका कुनै झर्को नमानी आफ्नो काम खुरुखरु गरी रहेकि हुन्छे । ती बालिकाको ठाउँमा उसकै उमेरको कुनै बालक भएको भए उसले त्यति राम्रोसित आफ्ना साना भाइ, बहिनीको हेरचाह गर्न सक्थेन होला ?
शायद बाउ बनिसकेको एउटा व्यस्क पुरुषले पनि आफ्ना छोराछोरीलाई त्यसरी सम्हाल्न सक्दैन, जसरी ती अवोध बालिकाले सम्हालि रहेकि हुन्छिन् । कहिलेकाँही शहरभन्दा बाहिर गएको बेला गरिब, मजदुर हरुको बस्तिमा देखिने यो दृश्यले मलाई सार्है अभिभुत पार्दछ ।
आमा बन्नु ठूलो कुरा हैन मातृभाव हुनु ठूलो कुरा हो, आमाको गृहस्थी सम्हालिरहेका ती बालिकाहरु लाई देख्दा मलाई अनुभव हुन्छ प्रकृतिले नै हरेक नारीमा मातृत्व गुण दिएको हुन्छ । चाहे ती महिलाले बच्चालाई जन्म दिएका हुन् वा नहुन् । ती बालिका पनि त्यही मातृत्व गुणको उदाहरण हुन् ।
तर अचम्म के छ भने ती बालिका हुर्केकै समाजले उनलाई मान्छे मान्नबाट अस्विकार गर्दछ । ।।। अर्काको चूल्हो पोत्न जाने जात’ भनेर हेपिएका महिला कहिल्यै पहिलो दर्जाको नागरिकमा उक्लिन पाउँदैनन् । अझ कसैको घरमा छोरी मात्रै छन् भने यसको त छोरा छैन वंश वृद्धि कसले गर्छ ? भनेर जिब्रो टोक्ने र हेप्ने आफन्त र छिमेकीहरुले अभिभावकलाई चैनले बस्न दिदैनन् । झन एउटी छोरी मात्र जन्माएर अर्को सन्तान नजन्माएका र नजन्माउने निर्णय गरेका बाउआमालाई अब एउटा छोरा पाउनुपर्यो नि, छोरी त बिहे गरेर अर्काको घरमा गइहाल्छे, सम्पति खान र बुढेसकालको सहाराको रुपमा एउटा छोरा चाहिन्छ
नि भनेर सल्लाह दिने र घोचपेच गर्ने तथाकथित आफन्त र छिमेकीले ती अभिभावकलाई टोकसो गरिरहन्छन् । समाजको काम नै हो आफुपनि चैनले नबस्ने र अरुलाई पनि बस्न नदिने ।
केही वर्ष अगाडि छोरीलाई पनि सम्पतिमा छोरा झैं बराबर अधिकार दिने कानुन बन्यो र लागु भयो । तिनै कानुन बनाउने मध्येका एक अगुवा वकिल जसको त्योबेला दुईवटी छोरी मात्र थिइन् । तीनले विदेश बसेर कमाएको पैसा सबै छोरीले लैजान्छन् भन्ने डरले छोरी कलेज पढ्ने भएपछि छोरा जन्माए । ती व्यक्ति राजधानीका सभ्रान्त र वुद्धिजीवि मानिन्छन् । तर उनको वुद्धिको बिर्को भने कहिल्यै नखुल्ने गरि लागेको छ । यस्ता व्यक्तिहरु जब समाजका अगुवा पनि टोपल्छन् तब समाज रसातलमा जान्छ नै । छोरीलाई सन्तान मान्ने, बुढ्यौलीको सहारा र आफ्नो सम्पतिको एकमात्र वारिस मानेर त्यही अनुरुप छोरीलाई ब्यवहार गर्ने मानसिकताको हाम्रो समाजमा अहिले पनि विकास भइसकेको छैन ।
हाम्रो धर्म पुराणमा भनिएको छ बाउआमाको मृत्युपछि छोराले गर्ने पितृकर्मबाट ७ कूल मात्र तर्दछ भने त्यही पितृकर्म छोरीले गरेको खण्डमा २१ कूल तर्दछ । यसबाट प्रष्ट हुन्छ हाम्रो धर्म, परम्परामा छोरी, कन्या वा नारीको स्थान पुरुषभन्दा निक्कै माथि छ । तर समाज र चलन परिवर्तनको कममा महिला दोस्रो दर्जाको प्राणीमा ओरालिए र आज उनीहरुले आफ्नो अधिकार माग्नुपर्ने र नदिएमा खोस्नुपर्ने भएको छ ।
बिश्वको जनसंख्या ७ अर्बभन्दा माथि छ, ती ७ अर्ब व्यक्ति नै कुनै न कुनै नारी वा आमाको कोखबाट जन्मिएका हुन् । यसबाट प्रष्ट हुन्छ समाज र बिश्वमा नारीको महत्व । धार्मिक ग्रन्थमा भनिएको ।।।यत्र नासर््यत्रे पूज्यते तत्र रमणे देउता’ को उक्तिलाई आफ्नो मनमाफिक मोडेर समाज र पुरुषले महिलालाई मनोरञ्जनको साधन, मीठ्ठामाथि झिगाँ र फूलमाथि पुतली बसे जस्तो हल्का अर्थमा लिएर त्यही अनुसार महिलासँग ब्यवहार गर्दै आएका छन् ।
महिलाको विज्ञापनमा नचाँहिदो प्रयोग, पुरुषले पनि गर्न सक्ने रिसेप्निष्ट, एयर होस्टेस वा अन्य सार्व जनिक ठाउँमा महिलालाई दिने पद जो पुरुषलाई पनि दिन सकिन्छ त्यसले महिलाको मानमर्दन गरेको छ । वस्तुवादी बन्दै गएको समाजले महिलालाई मान्छे भन्दा वस्तुमा केन्द्रित गरेको यसबाट प्रष्ट हुन्छ ।
छोरीलाई पनि आमाले छोरालाई जस्तै त्यसैगरि नौ महिनासम्म आफ्नो कोखमा राख्छिन् र ठूलो ब्यथा सहँदै जन्माउछिन् । छोराले अशर्फीको थैली लिएर जन्मिदैन न जन्मिने बित्तिकै काम गरेर पैसा कमाएर ल्याउँछ । छोरालाई पनि हुर्काउन, पढाउन आमाबाउले त्यतिकै मेहनत र खर्च गर्नु पर्दछ जति छोरीमा गरिन्छ । पछिल्ला केही राम्रा उदाहरणहरुले के देखाएका छन भने छोरीमा बाउआमाले गरेको लगानिले छोराभन्दा शतप्रतिशत प्रतिफल दिन्छ । त्यो लगानि भनेको माया, स्याहार, शिक्षादिक्षा र अन्य खर्चको रुपमा हो । छोरी जति बाउआमाको नजिक हुन्छन् त्यति कमै छोराहरु हुने गरेकाछन् ।
छोरीलाई सन्तान नमान्ने, एउटै छोरी जन्माएकाहरुसँग निसन्तान जस्तो ब्यवहार गर्ने यो परिपाटी सार्है उदेक लाग्दो छ । अझ मधेशमा त कसैको छोरी मात्र छ र उ बिहा गरेर गइसकेकी छ भने उसको बाउआमाको सम्पतिमा भाइभतिजाले आँखा लगाउने गर्दछन् । त्यसकालागि मारकाट गर्ने र अदालत सम्म जान डर र लाज मान्दैनन् छोरीलाई सन्तान नमान्नेहरु । हाम्रै समाजमा महिला मन र शरीरले ननिभ्ने गरी जलाइन्छन्, यहीँ बोक्सीको निहुँमा मानव मलमूत्र खुवाएर आफ्नो थातथलोबाट महिलालाई निकालिन्छ, एउटी कोपिला जस्ति बालिका फूल बनेर फक्रिन नपाइ कसैको कामुकताको शिकार हुने गरेका छन् । त्यो बेला न राज्यले तीनलाई साथ दिन्छ न आफन्तले । अशिक्षा र अन्धबिश्वासमा रुमलिए को हाम्रो जस्तो अविकसित समाजले न छोरीलाई सन्तान मान्छ न राज्यले पहिलो दर्जाको नागरिक नै मान्छ । राज्य महिलाको नाममा आरक्षण दिएर आफु पन्छिएको छ ।
मात्र १६ दिनसम्म महिला हिंसा विरुद्धको अभियानको नारा दिएर ठूलठूला तारे होटेलमा सभा, सेमिनार गरेर हुन्छ ? यो १६ दिन त महिला अधिकारकर्मी र गैरसरकारी तथा, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका पुरेतनी बनी टोप्लेका महिलाहरुले पिण्ड खाने मात्र हुन् । अब जति ठूलो पिण्ड हुन्छ तीनले महिलाको पीडालाई त्यति नै बढी भजाएर खान्छन् । महिलाको १६ श्राद्ध गर्या जस्तो यो १६ दिने अभियानको के महत्व जब समाजका कुसंस्कार, महिला विरुद्धको भेदभाव,
छोरीलाई सन्तान नमान्ने अर्घेलो समाज र पुरुषवादी निकृष्ट सोचको श्राद्ध गरेर संधैकालागि पिण्डदान नगरेसम्म नै महिला हिंसा विरुद्धको अभियान १६ सय वर्षसम्म मनाए पनि रत्तिभर केही हुनेवाला छैन ।
प्रकाशित मितिः२०७१ मंसिर १८ गते बिहीवार