गाईको दुधले एड्स निको हुने

नवजात शिशुलाई एचआइभी संक्रमणबाट बचाउन तथा एचआइभीको उपचारका लागि गाईको दुध उपयोगी हुने एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले गाईको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधीलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गाईको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधीको रुपमा प्रयोग गर्न सकिन्ने बताइएको छ । एड्सको उपचारमा प्रयोग गरिने एन्टी रेट्रोभाइरल औषधी पानीमा खासै घुलनशील हुँदैन । तर एन्टी रेट्रोभाइरल औषधीयुक्त दुध बच्चालाई एचआइभी संक्रमणबाट बचाउनका लागि निकै राम्रो औषधी सावित हुनसक्छ ।


नवजात शिशुले अधिकांस एन्टी रेट्रोभाइरल औषधी सहन गर्न सक्दैनन् । साथै एन्टी रेट्रोभाइरल औषधी रिटोनाविरको सेवनले बच्चामा खराब असर पूराउँछ । अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिसिर्टीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गाईको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरे । क्यासिन्स प्रोटिनले आमाबाट बच्चामा एमिनो एसिड तथा क्याल्सियम वितरण गर्दछ ।

शोधकर्ताले सोही प्रोटिनलाई एन्टी रेट्रोभाइरल औषधीका अणुलाई समेत प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गरेका छन् । पानीमा नघुल्ने र सोझै प्रयोग गर्नुपनि हानिकारक हुने एन्टी रेट्रोभाइरल औषधीहरु दुधमा मिलाएर प्रयोग गर्न सकिएमा त्यसले खासगरी एचआइभी संक्रमित बालबालिकाको उपचारमा ठूलो उपलब्धी हात पर्ने शोधकर्ताको भनाइ छ । धुलो दुधमा नै एड्सको औषधी मिलाएर एड्सकै औषधीकै रुपमा दुधलाई प्रयोग गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

 विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआइभी संक्रमित छन् र एचआइभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधीको पहुँच छैन ।
–लोकतन्त्र सन्देशबाट

SHARE THIS

Author:

Facebook Comment