मंसिर १९, वीरगञ्ज/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा आन्तरिक राजस्व कार्यालय, सिमरा, बाराका नवआगन्तुक प्रमुख कर अधिकृत खेमनारायण रेग्मीबीच एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक वैधको सभापतित्वमा सम्पन्न भएको सो भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष वैधले बारा–पर्सा करिडोरलाई वीउवासङ्घले एउटै रुपमा अंगालेको कुरा व्यक्त गर्नुहुँदै कर नीतिमा समय सापेक्ष सुधार हुनुपर्ने, करका दरहरुलाई समय सापेक्ष बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नेपाल सरकारद्वारा हालै गठित कर सुधार आयोग निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको कुरा बताउँदै आयोगमा निजी क्षेत्रको प्रतिनिधित्व हुन सकेमा अझै प्रभावकारी हुनेप्रति आफू विश्वस्त रहेको बताउनुभयो ।
मन्तव्यकै क्रममा कर सम्बन्धी विभिन्न समस्या तथा सोको निराकरणको उपायहरुबारे प्रकाश पार्नुहुँदै वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले करको संरचना र प्रक्रियाहरु सरलीकृत बनाउनुपर्ने र र करदातालाई शिक्षित बनाउनुपर्ने लगायतका विषयमा मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष सुबोध गुप्ताले कर सचेतना सम्बन्धी तालिम, गोष्ठीहरुको आयोजना गरि कर मैत्रीपूर्ण वातावरणको सिर्जना गर्न वीउवासङ्घ सदैव तत्पर रहेको बताउनुभएको थियो भने वीउवासङ्घका कार्यसमिति सदस्य सुरेश रुँगटाले टिडिएस सम्बन्धी आफ्नो जिज्ञासा राखेका थिए ।
खुला छलफलमा उठेका कुराहरुलाई इङ्गित गर्दै बाराका प्रमुख कर प्रमुख खेमनारायण रेग्मीले वीउवासङ्घले उद्योग व्यापारलाई मात्र होइन कि सामाजिक कार्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहयोग गरी राष्ट्रको उत्थानको लागि समेत सहयोग पु¥याउँदै आएको छ भन्ने कुराको प्रशंसा गर्नुहुँदै फाइलिङ्ग, रजिष्ट्रेशन विवरण पेश जस्ता कार्यहरुलाई व्यवस्थित बनाउन वीउवासङ्घको सहयोग र समन्वय आवश्यक रहेको तथा विगतको भन्दा कर नीतिमा आधुनिकीकरण हुँदै गएको कुरा जानकारी गराउनुभयो ।
वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त भेटघाट कार्यक्रममा सङ्घका सचिव अनिल पटवारी, सहसचिव मनोज शर्मा कासस लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।