त्यसैले अबको क्रान्ति कसको लागि गर्ने बैद्यबा ?

बर्षौ बर्ष लगाएर मेहनत गरेर हुर्काएको बढाएको पार्टीमा विचारधारा मिलेन अथवा बरिस्टताको कदर भएन आदी इत्यादि आरोप प्रत्यारोपको साथ मोहन गोपाल बैद्य खेमा संस्थापन पक्षबाट अलग भयो ! त्यो भन्दा पनि यस्तै आरोप प्रत्यारोपको साथ् मात्रिका यादबको खेमा अलग्गीयेकै हो ! आज मात्रिका यादब खेमा के गर्दैछ कसो गर्दैछ कोहि कसैलाई मतलब छैन र चासो लिने कुरा पनि भएन ! बैद्य खेमाले चैँ बडो तामझामको साथ भर्खर महाधिबेसन गर्यो ! महाधिबेसनमा टोलीका नेता मध्य एकजनाले प्रश्न उठाए ‘अध्यक्ष कामरेड र गजुरेल कामरेड लाइ भारतमा पक्राउ गर्न लगाएको कस्ले ? संगैका प्रचण्ड, बाबुराम पक्राउ नपर्नु तर तपाईहरु दुवै जना मात्र पक्राउ पर्नुको कारण बताउनु पर्यो ! तर यसको जवाफ न बैद्यले दिए न त गजुरेलले ! अर्को टोली नेताले प्रश्न गरे जनयुद्ध गर्ने भन्नु भन्नु भयो तर के को आधारमा जनयुद्ध गर्ने ? खोइ सेना, आधार इलाका, जन अदालत, स्वयम सेवक दस्ता र ब्युरो ? बिना सेनाको लडाई हुन्छ ? यो प्रश्नको जवाफ पनि सुन्य अर्थात निल ! अर्को टोलि नेताले प्रश्न गरे सहरमा बसेर जनयुद्ध हुन्छ ? चुरे र महाभारतको जंगलको भ्रमण नेताहरुले कहिले गर्छन ? यो प्रश्नको जवाफ पनि नदारद ! अर्की बिदेस बाट आएकी नेत्रीले प्रश्न गरिन अहिलेका नेताहरु प्रचण्ड, बाबुराम भारतपरस्त भए तर हामीहरु पनि धेरै किन चिनको भक्त बन्ने ? जसरि अहिले नेपालमा भारत हावी भए जस्तै भोलि नेपालमा चिन पनि हावी नहोला भन्ने के बेर ! फेरी चिनको अहिले नयाँ नेतृत्वले पनि आफ्नो नीतिमा परिवर्तन गर्दैछ ! रिम र कम्पोसाको नया नेतृत्व कसले लिने ? यो प्रश्नको जवाफ पनि निल !

जब कुनै पनि प्रश्नको जवाफ नै छैन ! आफनै बफादारलाइ दिईने प्रश्नको जवाफ नै नभए पछी के को लागि र कसको लागि फेरी जनयुद्द लडने ? जनयुद्ध लडन बाहिरको मान्छे त पक्कै पनि आउदैन होलान ! क्रान्ति या जनयुद्द जे गरे पनि नेपाली जनताले नै गर्ने हो ! कतिन्जेल सम्म रगतको होलि खेल्ने ? के नेपाली जनताको रगत पानी जस्तै सस्तो छ ?

मोहन गोपाल बैद्य ति नेता हुन तिनले आज सम्म जित्न जानेका छैनन ! आफ्नै चेला संग पराजित हुनेले के नेतृत्व दिन्छन ? हुत्ति भए आफैले सिक्षा दीक्षा दिएका चेला संग पराजित भएर सिर निहुरिएको अनुहार लिएर छुट्टै पार्टी गठन गर्दैनथे ! डटेर मुकाबला गर्नु पर्थ्यो ! जित्न पनि नसक्ने अनि नेतृत्व पनि गर्न नसक्नेले के को जनयुद्दको फुर्ति गर्छन ! यदि भोलि जनयुद्दमै गए भने पनि प्रचण्ड, बाबुरामको खेमाले पक्कै पनि बाकि त राख्दैनन ! जति पनि सेल्टर लिने ठाउ छ त्यसको जानकारी के प्रचण्ड बाबुरामलाई थाहा नभएको हो र ? सत्ता, सेना अहिले सबै प्रचण्ड बाबुरामकै पोल्टामा छ ! नेपाली जनता १० बर्षे जनयुद्दले पहिले नै वाक्कदिक्क भै सकेका छन ! अरु त अरु आफ्नै हिजोका ति एकै बचनमा मर्न र मार्न नडराउने योद्धाहरु आज आफु र आफ्ना परिवारको ज्यान पाल्न नसकेर कुकुरले नपाउने दुख पाको देख्दा देख्दै पनि अझै पनि जनयुद्द गर्छौ भन्ने हरुलाई अर्ध पागल भनेर भन्ने कि नभन्ने ? त्यसैले बैद्य ति चालक हुन् जसले गाडीलाई कहिले पनि लक्ष्यमा पुर्याउन सक्दैनन ! मुखले क्रान्ति क्रान्ति भन्दैमा क्रान्ति हुदैन ! नेपाली कांग्रेसको समाजवाद, माले, एमालेको नौलो जनवाद र माओबादीको जनयुद्ध र क्रान्ति बाट बनाएको नयाँ लोकतान्त्रिक गणतान्त्रिक नेपाललाइ नेपाली जनताले राम्रै संग देखे, भोगे र अझै पनि देख्दैछन र भोग्दैछन ! हिजोको  क्रान्तिले प्रचण्ड, बाउराम र नारायण काजि लाइ चिट्ठा पार्नु भो ! त्यसैले अबको क्रान्ति कसको लागि गर्ने त बैद्यबा ? तपाइको जिन्दगि त क्रान्तिमै बित्यो ! तपाइको क्रान्तिले नेपाली जनताले के पायो त ? के अझै पनि पदम कुँवरहरुको परिवार जस्तै बनाउन खोजेको हो ?
 

SHARE THIS

Author:

Facebook Comment