२०७१।०६।२८
गते सुराकीको सुचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष टोलीले जि. पर्सा बीरगंज उ.म..न.पा. वडा नं.१८ रजतजयन्तीचोक स्थितमा पुग्दा दक्षिणबाट उतरतर्फ भन्सार छली छोरी पैठारी गरी ल्याएको ७ वटा टायर गाडा रोकी चेकजााच गर्न लाग्दा जि. पर्सा बीरगंज उ.म.न.पा वडा नं.३ छपकैया बस्ने नाजिर हुसेनले टायर गाडा चेक गर्नु पर्दैन भनी खटिएका प्रहरी कर्मचारीलाई रु. १ लाख निकाली घुस दिन लाग्दा निजलाई उक्त घुस दिन लागेको रकम सहित रंगे हात पक्राउ गरी यस कार्यालयमा ल्याई सोधपुछ गर्दा उक्त भन्सार छली ल्याएको टायरगाडाहरुमा भएको समानहरु जि. पर्सा बीरगंज रानीघाट निवासी हरिनारायण प्रसाद गुप्ताको रहेको र निजले आफनो समान प्रहरीले पक्राउ गरेको थाहा पाएपछि दिपक साह भन्ने व्यक्ति मार्फत रु. १लाख रकमर् पठाई प्रहरीलाई दिन लगाएको हो भनी बताएकोले तत्काल घुसको रकम सहित रंगे हात पक्राउ परेका नजिर हुसेन र उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको ।
Nepalese Rupee Exchange Rate