ब्रेन हेम्रेज ( Brain Hemorrhage)बाट बच्न र रोकथाम गर्न डा. रवीन्द्र पाण्डेको यस्तो सुझाव

ब्रेन हेम्रेज ( Brain Hemorrhage मस्तिष्कको रक्तनली फुट्ने ) आजभोलि निकै ठूलो समस्याको रुपमा देखा परेको छ । हृदयघात भन्दा मस्तिष्कघात हरेक हिसाबले निकै जोखिमपूर्ण र खर्चिलो छ । यो समस्या ५० बर्ष तलका व्यक्तिलाई अधिक देखिएपनि सबै बर्ग र समुह जोखिममा रहेका छौं ! यसबाट बच्न सकिन्छ, रोकथाम गर्न सकिन्छ ।

- नियमित रक्तचाप परिक्षण गर्ने तथा औषधि सेवन गरेर नियन्त्रणमा राख्ने ।
- समय / समयमा कोलेस्टेरोल परिक्षण गरि नियन्त्रणमा राख्ने।
- मधुमेह भएमा औषधि सेवन गरि नियन्त्रणमा राख्ने ।
- चुरोटको सेवन नगर्ने ।
- गाडीमा सिटबेल्ट, बाइक / स्कुटी/ साइकल चलाउँदा / पछाडि बस्दा बलियो हेल्मेट लगाएर टाउकोको रक्षा गर्ने ।
- मदिरा सेवन नगर्ने वा अल्प मात्रामा मात्र सेवन गर्ने ।
- क्याफिनको मात्रा धेरै हुने सोडा, कोल्ड ड्रिंक्सको सेवन सकभर नगर्ने ।
- रिस, आवेग, कुण्ठा, इर्श्या, अस्वस्थ्य प्रतिस्पर्धा, अधिक महत्वाकांक्षा, नकारात्मक सोंच, अधिक संबेदनशिलता त्यागेर ' Cool ' जीवन बिताउने ।
- एकोहोरो रुपमा लामो समय मस्तिष्कलाई भार दिने काम नगर्ने । मानसिक, शारीरिक, आध्यात्मिक, सामाजिक, पारिवारिक एबम व्यक्तिगत जीवनलाई पनि प्राथमिकता दिने ।
- सधै मेसिनले झैं काम नगर्ने । आहार, निद्रा, आराम, घुमफिर, नाचगान, ब्यायाम, योग, ध्यान आदि गरेर जीवनलाई सरल बनाउने ।
- प्राकृतिक आहारविहार र स्वस्थ जीवनशैली अपनाउने ।
- गाँजा लगायत ड्रगको सेवन नगर्ने ।
- आफ्नो तौल सन्तुलनमा राख्ने ।
- योग, ध्यान, प्राणायाम आदिबाट अक्सिजनको मात्रा बढाउने ।
- आकस्मिक दुखद समाचार वा बियोगान्तक अवस्थामा आफुलाई नियन्त्रण गर्न सक्ने बनाउन ध्यानको अभ्यास गर्ने ।
- जथाभावी औषधिको सेवन नगर्ने जस्तै एस्पिरिन आदि ।
- मस्तिष्कमा ट्युमर भए / नभएको आवश्यकता अनुसार परिक्षण गर्ने र भएमा उपचार गर्ने।
- हाच्छ्यु गर्दा बिस्तारै गर्ने ।
- कब्जियत भएमा धेरै बल प्रयोग नगर्ने ।
- क्षमताभन्दा धेरै ब्यायाम नगर्ने ।
- उत्तेजक औषधिको सेवन गरेर सम्पर्क नगर्ने ।
- जीवनशैली जटिल, अव्यवहारिक, तनाव हुने प्रकृतिको नबनाउने ।

सबैभन्दा महत्वपूर्ण रोकथामको उपाय भनेको रक्तचाप, कोलेस्टेरोल र मधुमेह पुरै नियन्त्रणमा राख्न नियमित जांच गर्ने, चिकित्सकको सल्लाह अनुसार नियमित औषधिको सेवन गर्ने, औषधि कुनै पनि हालतमा नछोड्ने तथा स्वस्थ जीवनशैली अपनाउनु नै हो ।


जनस्वास्थ्य विशेषाज्ञ डा. रवीन्द्र पाण्डेको फेसबुक वालबाट साभार

SHARE THIS

Author:

Facebook Comment