नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलमा गिरीको नेतृत्व

मनोरञ्जन, परोपकार र लगानी क्षेत्रको पहिचानको अभियान बोकेर विगत करिव २ बर्ष अघि स्थापना गरिएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा इजरायलको नेतृत्वमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय गणेश गिरी चयन भएका छन् ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलको गत १२ फेब्रुअरी शुक्रवार भएको दोस्रो भेलाले गिरीको अध्यक्षतामा २ वटा पद रिक्त राखी निर्विरोध १७ सदस्यिय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सोम प्रसाद चौलागाईलाई चयन गरेको छ भने सचिवमा माया खनाल चयन भएकी छिन । त्यस्तै संस्थाको सहसचिवको जिम्मेवारी सुर्य राना मगरलाई दिइएको छ भने कोषाध्यक्षको जिम्मेवारी सुजाता गौतमलाई दिइएको छ । त्यस्तै संस्थाका सदस्यहरुमा सृजना अधिकारी, अर्जुन पौडेल, सिन्धु पौडेल, ज्ञानेन्द्र लामिछाने, डम्मर गुरुड्ग, लक्ष्मी थापा, युवराज वास्तोला, कृष्ण प्रसाद सापकोटा, चिनु सुबेदी र रुपा राउत चयन भएका छन् ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलकी अध्यक्ष सरस्वती खनालको सभापतित्व तथा नेपाली महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यमा विविध संड्गीतीक मनोरन्जनात्मक कार्यक्रमको साथमा रात्री भोजको व्यवस्था सहित तेलअभिवको यसोधामाला मार्ग २० स्थित एउटा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्नुहुदै  संस्थाको निरन्तर उन्नती र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै शुभकामना मन्तव्यको क्रममा एनआरएन एनसिसी अध्यक्ष दिपक प्रसाद ओलीले प्रवासमा रहेका सहयोगी मनहरुलाई एकतावद्ध गरी स्वदेशमा रहेका दुःखी, गरिव असहाय दिनदुखीहरुको घाउमा मल्हम लगाउने  सह्रानिय कार्यको मुक्त कण्ठले प्रशँसा गर्दै संस्थाले गर्दै आइरहेका कार्यहरुमा एनआरएनको पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यस्तै हेल्पीड्ग हटर्स सोसाइटीका केन्दीय अधक्ष्य कृष्ण ज्ञावली ज्युले सामाजिक क्षेत्रमा सबै मिलेर अगाडी बढ्नु पर्ने कुरामा जोड़ दिदै आगामी दिनमा अझै बिश्वासको बातावरण सृजना गरी हरेक काममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले सबैलाई समेटेर लैजानु पर्ने कुरामा जोड दिनु भयो ।

शुभकामना मन्तव्यको क्रममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानियांले संस्थाको लक्ष्य र उदेश्य साथै भावी योजनाको वारेमा प्रष्ट पार्दै नमस्ते नेपाल परोपकार अक्षयकोष ५० लाख पुगेको जानकारी गराउनु भएको थियो । उहांले करिब सबा करोड़को लागतमा निर्माण गरिन लागेको नमस्ते नेपालको केन्द्रीय कार्यलयको सन् २०१६ को अन्त सम्ममा विधिवत शिलान्यास गरिने बताउनुभएको थियो ।

कार्यक्रममा संस्थाको शाखा इजरायलकी अध्यक्ष सरस्वती खनालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा स्थानिय गायिका लक्ष्मी गर्तौला गायक रियाज शिवाकोटीको समधुर स्वरमा सजिएका गीतहरु प्रस्तुत गरिएका थिए भने  कलाकारहरु मोनिका शर्मा, अनिता आचार्य, सृजना अधिकारी, सम्झना पन्त, सू्र्य राना मगर  र रुपा राउतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।  त्यस्तै कार्यक्रममा संस्थाका कलाकारहरु  टीमले सन्देस मुलक नाटक “राहात” सहीत विविध मनोरन्जानात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।
तिन भागमा बिभाजन गरी संचालन गरिएको उक्त भेलाले निर्वाचन समितीमा नवराज खड्का, दिपक ओली, बिशाल ज्ञावली र रामशरण बानियालाई ज़िम्मा दिएको थियो। सो समितीले पुरानो समितीलाई विघटन गरी नयां समिती चयन गर्दै भेलालाई समापन गरिएको थियो ।

कार्यक्रममको समापन गर्दै सभापति सरस्वती खनालले कार्यक्रम सम्पन्न गर्न दिलो ज्यानले लागि पर्नुहुने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक धन्यवाद प्रकट गर्द नमस्ते नेपालको निमन्त्रणालाई स्विकारी कार्यक्रममा पाल्नुहुने राजदूत प्रसाई, द्वितिय सचिव  आस्था सुव्वा, उहाँका श्रीमान, विभिन्न संघ संस्थाका प्रतिनिधहरु लगायत सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

श्रोतःएन आइ न्यूज इजरायल

SHARE THIS

Author:

Facebook Comment