दलित र गरिब हुनु यो बालकको अपराध हो ?

सरोज मिश्र
यी बालक सौगम परियारका बारेमा मैले धेरै पल्ट उल्लेख गरिसकेको छुं । यिनी अब मेरो परिवार र जीवनको अभिन्न अंग हुन् ।

यिनी गत फाल्गुण १ बाट तीन बर्ष पूरा भए । त्यही दिन बसंत पंचमी पनि परेको हुंदा नजिकैको सरस्वती मन्दिरमा लगेर अक्षरारम्भ पनि गराइयो !

यहि सन्दर्भमा हिजो एउटा अनौठो (?) एबं व्याख्या गर्न मुश्किल बार्तालाप भनुं कि घटना भनुं घटित हुन पुग्यो ! यिनको पूर्ब प्राथमिक तहको औपचारिक शिक्षा प्रारम्भ गर्ने ठिक समय भएको महसुस भयो र त्यसैकारण काठमाडौको एक नाम चलेको प्रतिष्ठित बिद्यालयका हर्ताकर्ता बिद्याबारिधीधारी चिनजानका ब्यक्ती संग यिनलाई भर्ना गर्ने बारेमा कुरा गरें । गरिब, श्रमिक आमाबाबु र लगभग म कहाँ आश्रय लिएर बसेका ! त्यसमाथी दलित ! मैले सोचेको थिएं - ती "प्रगतिशील डाक्टर साहेब" खुशी हुनेछ्न् र सक्दो सहयोग गर्न अघि सर्नेछ्न् ! तर, तिनको प्रतिक्रिया मेरा लागि स्तब्ध बनाउने खालको थियो ! उनले भने - "छात्रवृत्ति ठूलो कुरो भएन ! सरले भन्नु भएपछी भैहाल्छ ! तर, त्यो परिवारले हाम्रो स्तर धान्न सक्दैन ! त्यसो भएको हुंदा नगरौं !" मैले "तपाईं सक्दो गर्नुस्, तपाईंको स्तर कायम गर्ने जिम्मा मेरो भयो" भन्दा पनि उनको जवाफ थियो - "होइन सर, बिचमा छोड्छन ! अनि बिचल्ली ! सरलाई मेरो सल्लाह - सरकारी स्कूलमा भर्ना गरिदिनोस् ।"

सौगमलाई कहाँ भर्ना गर्नु पर्छ र उनको स्तर "सम्भ्रान्त सुकिला मुकिला" हरूका सामू कसरी कायम राख्नु पर्छ त्यो मैले जानेको छुं । सौगमलाई सहर्ष स्विकार्न र सहयोग गर्न धेरै "बुर्जुवा प्रतिक्रियाबादी सामन्ती" तयार हुन्छ्न् भन्ने पनि मलाई बिस्वास छ !

महत्वपूर्ण प्रश्न चाहिँ के हो भने सौगम गरिब र दलित हुनु उसको अपराध हो ? फगत यहि कारणले "कामरेड डाक्टर साहेब" को "कुलीन" बिद्यालयमा उनी नअट्ने हो ?

यो व्याख्या र मनस्थितीलाई के भन्ने ? डाक्टर साहेबको बिद्याबारिधीलाई के नाम दिने ? अनि उनको "सामाजिक उत्तरदायित्व" र "प्रगतिशीलता" लाई के उपमा दिने ?

मिश्रको फेसबुक वालबाट साभार

SHARE THIS

Author:

Facebook Comment