वीरगन्ज,०७ फागुन। नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखाका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार यही फागुन २१ गते प्रदान गर्ने भएको छ ।
पूर्व निर्णय अनुसार नै शाखाका पार्षद तथा एभीन्यूजका ब्यूरो प्रमुख राजु श्रेष्ठलाई २१ गते एक समारोह गरी पुरस्कार बितरण गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिए । शाखाले यसअघि फागुन ४ गते उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेकोमा श्रेष्ठ देश बाहिर रहेका कारण हालका लागि सो कार्यक्रम स्थगित गरेको थियो ।
यसरी नै पत्रकार महासंघ पर्साले बनाएको नौं सदस्यीय कार्यदलले बुझाएको नयां सदस्यता सिफारिसका लागि कार्यदलले दिएको नामावली अनुसार नै नाम प्रकृया पु¥याएर केन्द्रीय कार्यालयमा पठाउने निर्णय भएको पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतमा उक्त बैठक सम्पन्न भएको हो ।

Nepalese Rupee Exchange Rate