गजल

पदम खतिवडा
हावा बाट बिजुली काहाँ बाल्दैछौ
हाम्रो देशको सम्पत्ति काहाँ हाल्देेैछौ

काठमाडौं भित्रपनी रेल गुडाउँ छौअरे
रेल गुड्ने बाटो आज काहाँ थाल्दैछौ

 गरिव जन्ता भोकोपेटमा काम गर्दैछन्
तिम्रा सन्तान बिदेश लगी काहाँ पाल्दैछौ

राहात आएको समान पनि वाँड्न सकेनौ
कुहाएर आधारातमा  काहाँ  फाल्दैछौ
 
   ईलाम चुलाचुली
       हाल दोहा कतार

SHARE THIS

Author:

Facebook Comment