राजा ज्ञानेन्द्रलाई खुल्ला पत्र

आदरणीय सरकार !
सेवा ढोग, 
कुशल छु, कुशलताको कामना गर्दछु ।
सर्वप्रथम त हामीलाई माफ गर्नु होला किनकी हामीले नै गणतन्त्रेहरुको लहलहैमा लागेर हजुरलाई पाखा लगाएका हौं । तर के गर्ने ती गणतन्त्रेहरुले नयाँ नेपाल बनाउँछौं भने, अनि त हामी पनि झ्याप्पै विश्वास गरेर ढुङ्गा हान्न हिंडि हाल्यौं ।

यिनीहरुले हामीलाई झुक्याएका रहेछन् । अहिले आएर पो बल्ल थाह पायौं नयाँ नेपाल त के पुरानै नेपाल पनि बिगारेर लथालिङ्ग पारे ।  त्यसमा झन भुकम्प पनि आयो, उता भारतले नाकाबन्दी पनि लगायो । जनताले नराम्ररी दु:ख पाए । आज देशको स्थितिलाई हेर्दा मन निकै भक्कानिएर आएको छ । सायद हजुरलाई त्यसरी पाखा नलाएको भए हामीले यति दु:ख पाउदैनथ्यौं होला ।

त्यसैले सरकार ! अब फेरि देशलाई हजुरकै खाँचो पर्ला जस्तो छ त्यो श्रीपेच कहाँ छ खोज्दै गर्नु होला । बरु त्यहि पुरानै संम्विधान (२०४७)लाई गाता साता हालेर काम चलाउँला । तर त्यसमा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचारी, बलात्कारी, र कालोबजारी तथा नरसंहारकारीलाई मृत्युदन्ड जस्ता केही बिषयहरु भने थप्नु पर्छ ।

रह्यो कुरा नारायणहिटि राजदरबारको ! त्यसको केहि चिन्ता लिनु पर्दैन, ६०१ स्यालहरु पाल्नु भन्दा भोलि जनताले एउटा राजाको लागि बिदेशी इन्जिनियर ल्याएर अत्याधुनिक मोडेलको नारायणहिटि–टु नामक राजदरबार निर्माण गरिदिने छन् ।

अन्त्यमा ती ६०१ स्यालहरुलाई हुल्नको लागि जावलाखेलको चिडियाखाना पनि अलि फराकिलो बनाउदै गर्नु होला भन्दै विदा हुने अनुमती चाहान्छु ।
श्री पशुपतिनाथले हामी सबैको कल्यान गरुन् ।
जय नेपाल ।
उही हजुरको
झगेन्द्र दंगाली
सात समुन्द्र पारी (साउदी अरब)बाट


प्रकाशन मितिः २०७२ माघ १४ गते बिहीवार



SHARE THIS

Author:

Facebook Comment