आफुलाई स्वघोषित राष्ट्रवादी भनेर घिरौंला जस्तो नाक फुलाउनेहरुले राष्ट्रिय एकताका प्रतीक स्व. श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्तीमा जयन्तिमा उनलाई कति सम्झिए यो जगजाहेर छ । बरु त्यो भन्दा बढी राष्ट्रवादी र देशभक्तहरुबाट हेपिएको, भारतको साख्खे सन्तान आफ्नो चाँहि सौतेनी जस्तो गरेका मधेशका मधेशवासीहरुले पृथ्वीनारायणलाई सम्झेर उनको सम्झनामा र्याली निकालेको विभिन्न संचारमाध्यमबाट पढ्ने मौका जुर्यो ।
यो हावा गफ हैन पुष २७ गते देखिएको भीडले दृष्टान्त प्रस्तुत गर्दछ । शाह, राणा र कुलिनहरुको बासस्थल, राजनीतिको केन्द्रबिन्दु अनि तथाकथित बौद्धिक जमात र पढेलेखेका शहरीयाहरु बस्ने ठाउँ काठमाण्डौं भन्दा कता हो कता बढी भव्यताका साथ पृथ्यी जयन्ती वीरगंजमा मनाइएको देखियो । राजधानीमा नकच्चरो सरकारले विधिमात्र पनि पुर्यायो पृथ्वी जयन्तीको तर मधेशका जताले पूरा कर्मकाण्ड नै गरेर सम्झिए राष्ट्रिय एकताका प्रतीक पृथ्वी नारायण शाहलाई ।
अब स्पष्ट रुपमा थाहा भईहाल्यो होला सबैलाई कि को बढी राष्ट्रवादी हुन् भनेर ? राजधानीमा सुविधा सम्पन्न ठाउँमा बसेर डलर, यूरो र पाउण्डले कुल्ला गर्नेहरु कि मधेशका सीमान्तकृत समुदायका मधेशीहरु जसको नागरिकता र राष्ट्रियतामाथि पटक पटक प्रश्न उठाउँदै आइएको छ । यदि कुनै तुला बनेको छ र त्यसमा तौलिने हो भने मधेशका खाँट्टी मधेशीहरु तथाकथित पहाडे उपबुज्रुकहरु भन्दा राष्ट्रवाद र देशप्रेमको सवालमा धेरै नै माथि रहेछन् ।
पहाडमा जन्मिदैंमा वा पहाडे थर हुंँदैमा कोही राष्ट्रवादी हुंदैन रहेछ भन्ने पृथ्वी नारायण शाहको जन्मजयन्तीका विभिन्न समाचारहरूले प्रष्ट पार्यो । एकजना पहाडे मूलका व्यक्ति आफुलाई खुबै ठूलो राष्ट्रवादी हुँ भनेर घमण्ड गर्दथे । तर उनी त एमाले र ओलका खाँट्टी पिछलग्ग मात्र रहेछन् । अहिले उनी मधेश र मधेशीको विरोधमा विष वमन गर्दै हिडंयाछन् । तर उनलाई थाहा छैन मधेशी हुनु भनेको अभ बढी स्वदेशी हुनु हो । मधेशीले शीरमा हिमाल र मुटुमा पृथ्वीनारायण शाहलाई राखेर उनकै अर्ति उपदेशलाई अनुसरण गरेर हिंडेको मैले बुझेको छु । साथै धर्म कर्मका नाममा पनि तराइबासी मधेशीहरू एकदम कट्टर रहेको विभिन्न तथ्यांकले देखाएको छ, तथ्यांककै अनुसार आजसम्म गरिएका धर्म परिवर्तन पहाडी मूलका व्यक्तिहरूनै बढी छन् ।
सरकारमा सहभागी भएमा मन्त्री र सरकारी कर्मचारीमा पहाडी मूलका व्यक्तिहरुकै बाहुल्य छ तर कसैले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहलाई सम्झेनन् । बरु ती अपहेलित र गँवार भनिएका मधेशीले आफ्नो भूमिमा उनलाई सम्झेर कीर्तिगान गरे । अब सबैले बिस्तारै थाहा पाउनेछन् राष्ट्वादी र देशप्रेमी को हो भनेर ?
एस.पी मैनाली, झापा,
हाल:काठमाण्डौ
प्रकाशन मितिः २०७२ माघ १४ गते बिहीबार
यो समाचार पढौं
पृथ्वी नारायण शाहको जय–जयकारले गुञ्जियो वीरगंज
यसरी मनाइयो वीरगंजमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस (फोटो फिचर)
वीरगंजको मिडियामा पृथ्वी जयन्ती र राष्ट्रि एकता दिवसका समाचार