वीरगंजको मिडियामा पृथ्वी जयन्ती र राष्ट्रि एकता दिवसका समाचार

वीरगंज, पुस २८
सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाएपनि पुस २७ गते वीरगंजमा पर्सा जिल्लावासीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको कार्यक्रमलाई स्थानीय संचारमाध्यमले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेर पत्रकारिता धर्मको निर्वाह गरेका छन् ।

संसदवादी दल र सरकारमा आवद्ध भएकाहरुले पृथ्वी नारायण शाहले एककीकरण गरेकै देशको शासनकत्ता र सर्वोच्च पदमा बसेर पनि राष्ट्रिय एकीकरणको इतिहासलाई बेवास्ता गरेकोमा देशभरीका सर्वसाधारणन नागरिकहरु रुष्ट र क्रोधित छन् ।

क्राइमचेकसँग उपलब्ध केही पत्रिकाको कटिङ्ग मात्र यहाँ प्रकाशन गरिएको भएपनि वीरग‌ंजका करिब ९० प्रतिशत संचारमाध्यमले सो कार्यक्रमका समाचारलाई मूख्य पृष्ठ र विशेष प्राथमिकतासाथ प्रकाशन प्रशारण गरेको प्रति सम्पूर्ण देशप्रेमीहरुको तर्फबाट पत्रकार सन्तोष मिश्रले धन्यवाद ज्ञापन गरेका छन् ।
साथै मिश्रले राष्ट्रिय हित, राष्ट्रि एकता, शान्ति, विकास र स्वाधिनताको रक्षाकालागि देशभक्त नागरिक समाजले आगामी दिनमा गर्ने हरेक कार्यक्रममा पनि स्थानीय संचारमाध्यमको  सकारात्मक सहयोगको अपेक्षा गरेका छन् ।

पर्सा जिल्लाबासीहरुको  सहभागीता तथा विभिन्न राष्ट्रवादी संघ संगठन तथा युवासमाजले वीरगंजमा सोमवार राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको विविध कार्यक्रमबारे वीरगंजका स्थानीय पत्रपत्रिकाहरुले प्रकाशन गरेका समाचारका केही पत्रिकाका कटिंगहरु....















SHARE THIS

Author:

Facebook Comment