राष्ट्रका विधाता पृथ्वीनारायण शाह"

पृथ्वीनारायण शाह महापुरूष थिए । यिनले सानो सानो क्षेत्र जस्तै भिरकोट, कास्की, लम्जुङ्ग गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरी  आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा सिक्किम,दार्जलिंग देखि टिष्टा नदीसम्मको भूभागको क्षेत्रफ़ल ३,३४२५० वर्ग किलो मिटर थियो भने ,दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो साथै  नेपालले  अंग्रेजसंगको युद्धपछि नेपाल पुर्व मेची देखि पश्चिमको काली  नदीसम्म  र मेची देखि  राप्ती सम्म तराईको भूमि १८२२ मा राप्ती देखि महाकाली सम्म तराइको भूमि १८६० मा नेपाललाई अंग्रेजले ओगटेको नेपालको भूमि फिर्ता गरेको  हुँदा यो सिमाना सुगौली सन्धिसम्म यो भू-भाग नेपाल अधिनस्थ थियो।

यस्ता महापुरूषको जन्म यदाकदा हुने गर्दछ अनि उनीहरुको जन्मले  विशेष महत्व राख्दछ र त्यस   दिनले त्यस्ता  महापुरूषको व्यक्तित्वको  सम्झना गराउँछ ।

टाउको काटेर टुप्पीको पूजा गरेझै हिजो राष्ट्रिय एकता दिवस ख़ारिज गर्ने  र उनको सालिक तोड्नेहरू नै  आज राष्ट्रीयताको चर्को भाषण गर्दै आफुलाई आदर्शवादीको रूपमा  परिचित गराउदै छन । राष्ट्रको धर्म संस्कृति मान्ने ,जातीय अखण्डता भाँड्ने अनि डलरवादको कोरस  गाउनेहरूले  पनि बाहिरी आचरणमा  आफुलाई राष्ट्रभक्त देखाउने खेल नखेलेका होईनन । खोक्रो राष्ट्रप्रेम गरेर राष्ट्रनायकलाई  धिक्कार्नु भनेको आफ्नो बौद्धिकता र बुद्धिमत्ताको कुरो हो । उनी राष्ट्रको भलो चाहन्थे भन्ने कुरामा दुईमत छैन । किन  भने प्रिथिवी नारायण शाहले एकीकरण  गर्नु भन्दा पहिला इतिहासको विभन्न कालखण्डमा एकीकरण  भए पछिका राजा यक्ष मल्ल,मणि मुकुन्द सेन,जसले  जुम्लाक  जितरी मल्लकको  समयमा आफु राजा हुँदा एकीकरण गरिसकेपछि नेपालको हिस्सा आफ्नो छोराहरुलाई बाटी दिए तर  पृथिवी  नारायण शाहले त्यो बाटन  नदिई राष्ट्रको रक्षा गरे |

हो नेपाल एकिकरण गर्दा उनलाई कतिले विस्तारवादी पनि नभनेका होइनन । विस्तारवाद उनको विचार हुन्थ्यो भने उनले यो राज्यको नाम गोर्खा राख्थे होला । अर्को कुरो जुन ठाउँ उनले आफ्नो अधिनायकमा लिए त्यस ठाउँको धर्मसंस्कृति रक्षा गर्दै आफ्नो रीतिथिति जस्ताको त्यस्तै मान्नु भनी पत्राचार  पनि गरे । यस्ता धेरै उदाहरण छन ।हामीले यो पनि भुल्न हुन्न कि आज जुन धर्तीमा हाम्रो पाइला अडकिएका छ त्यसको सम्भावना उनले जुटाइ दिए ।क्रिश्चियन धर्म प्रचार गर्न आएका पादरीलाई उनले देश निकाला गरे जुन कुरा नपचे पछि ती पादरीले कीर्तिपुरमा १२ धार्नीमा नाककान काटेंको कुरो बताए जब कि त्यहाँको जनसंख्या त्यति धार्नीमा नाककान पुग्ने नै थिएन । उपदेश र विस्तारवादको सिकार हुनु परेका विश्वका तमाम  स्वतन्त्रता प्रेमी मानिसलाई सोध्नुहोस पराधीनता हुनुको पीडा । हाम्रो देश अरूको तुलनामा स्वार्थी,लाल्छी र कुनियत ,लोभी नेताहरुका कारण पछि पर्यो होला तर हाम्रा अग्रज पुर्खाले रचेका सालीन  इतिहासले हामीलाई कम्तीमा गर्वसाथ छाती फुलाएर नेपाली भई शिर ठाडो पारी बाँच्न त दिएको छ । फेरी जन्म लिएर यहि नेपाली माटोमा आऊ र आफ्नो नेपाली सन्तानको रक्षा गर |यो कुरालाई कहिलै  नेपालीले विर्सिने छैनन | तिमीलाई कसले हराउन सक्छ ? तिम्रो ठाँउमा को आउन सक्छ? न कसैले नेपालको सिमाना बढाउँन सक्छन ? कसले आफुलाई वफादार राष्ट्रको नामले चिनाउन सक्छन ? त्यसैले तिमी फेरी जन्म लिएर यहि नेपाली माटोमा आऊ र आफ्नो नेपाली सन्तानको रक्षा गर |

श्रीष्टीदेखि कुनै शरीर अजतक् अजंवरी देखिए ?
राम्रा कर्म र प्रेम संगतहरु कैहिले कहाँ मेटिए ?
माटो हो सवको गति यससगै मिल्छौ अवस्यै भनि ।
राम्रा कर्म र नव्यश्रृष्टी रचना मेटिन्न कहिल्यै पनि ।
आज म आफ्नो मातृभूमिलाई र राज्य विधाता प्रति मेरो  भावपूर्ण नमन गर्दै  हाम्रा बड़ा महाराज पृथ्वीनारायणशाहलाई श्रद्धान्जली अर्पण गर्दछु !

– निशा अर्याल
इज़रायल

SHARE THIS

Author:

Facebook Comment