लायन्स क्लवहरुले दिए विरामी र अनाथलाई फलफूल

 वीरगंज, २७ पुस ।
वीरगंजका सम्पूर्ण लायन्स क्लवहरुले आइतवार वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालका विरामीहरु एवं बाल कल्याण गृहका अनाथ बालबालिकालाई फलफुल तथा बिस्कुट वितरण गरेको छ ।
लायन्स क्लवका संस्थापक मेल्विन जोन्सको जन्मदिनको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न सामाजिक कृयाकलाप गर्ने कार्यक्रम तय गरिएअनुसार लायन्स क्लवहरुले आइतवार फलफूल तथा बिस्कुट वितरण गरेको हो ।
नारायणी उप–क्षेत्रीय अस्पतालका करिब २५० जना विरामीहरु र बाल कल्याण गृहका करिब १८ जना अनाथ बालबालिकाहरुलाई फलफूल तथा बिस्कुट प्रदान गरिएको लायन्स क्लव अफ वीरगंजका डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुले बताउनुभयो ।
सो कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक्ट सचिव लायन देवकी नन्दन अग्रवाल, डिस्ट्रिक्ट एडभाइजर राम विहारी पाण्डे, एरिया को–अर्डिनेटर कमिटीका प्रमुख विजय कुमार गुप्ता, अमर बहादुर गौतम, रिजन चेयर पसर्न देव चौधरी, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु, लक्षमण प्रसाद साह, अध्यक्षहरुमा मनोज कुमार बावरी, मनिष कुमार सिस्ता, प्रजय हराललका, क्लव सेक्रेटरीहरुमा मुकेश खेतान, राजेशकुमार जैन लगायत विभिन्न लायन्स क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम पश्चात सम्बोधन गर्नुहुँदै  डिस्ट्रिक्ट सचिव लायन देवकी नन्दन अग्रवालले कार्यक्रमका बारेमा प्रकाश पार्दै अरु संस्थाजस्तै लायन्स क्लव पनि सामाजिक उत्तरदायित्व बोकेको संस्था हो र यसले सामाजिक उत्रदायित्वकासम्बन्धमा विभिन्न उल्लेखनीय कार्यक्रमहरु गर्दै राम्रो स्थान ओगट्न सफल भएको जनाएका थिए । उनले लायन्स क्लवका संस्थापक मेल्विन जोन्सको जन्म दिनको अवसरमा आगामी शनिवारसम्म विभिन्न सामाजिक कामहरु गर्दै आउने कार्यक्रमहरु रहेको जानकारी समेत दिनुभयो ।
सो कार्यक्रम लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुको सभापतित्वमा सम्पन्न भएको थियो ।
सोही कार्यक्रम अन्तर्गत सोमवार वीरगंज कारागारमा रहेका कैदी बन्दिहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम रहेको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुले जानकारी गराउनु भयो ।


SHARE THIS

Author:

Facebook Comment