कलर्स मोबाईलले उपभोक्ता ठग्दै

श्रीमान सम्पादक ज्यू !
colors mobile x115 बाट नेपाल प्रहरी, दमकल, ट्राफिक काे  नम्बरहरु १००, १०१ , १०३ जस्ता नम्बरहरुमा फाेन जादैन । याे विषयमा मैले colors care लाई पहिलाे पटक २०७१ असाेज महिनामा जानकारि गराएकाे थिए tele care ले वास्तै गरेन अनि गत हप्ता राजधानि जादा tele care मा याे समस्या लिएर गएकाे थिए अनि माेवाईल छाेडेर जानू भन्याे र छाेडेर अाए अनि ३ दिनपछि जादा पनि समस्या जिउ का तिउ छ । अब मिडिया बाट नै प्रचारमा नअाएसम्म कानमा तेल हालेर बस्ला जस्ताे छ । email गर्दा reply त जहासुकै जाअाेस तर मलाई त  block पाे हान्देछन त्यहाका हाकिमहरुले  धेरै मेल अनि फेसबुकमा कमेन्टमा समस्या पाेष्ट गर्याे भनेर । त्यसैले  मिडिया बाट समाचारमा नअाईकन जनता लुट्न पल्केकाहरुले सुन्दैनन । कृपया सबैजनाले याे पाेष्ट अवश्य नै पढेर शेयर गरिदिनु हाेला ताकि सम्बन्धित निकायकाे ध्यान जाअाेस । याे समस्या colors काे x115 ( quad 2 ) मा पाईएकाे छ । एक पटक हजुरहरुले पनि परिक्षण गरेर समाचारमा सम्प्रेषण गरिदिनुभए केही हुन्थ्याे कि ।।।

राजु श्रेष्ठ
सिमरा, बारा
हालः इमाडाेल

SHARE THIS

Author:

Facebook Comment