वीरगंज, २८ पुस ।
लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरगंज कारागारमा कैदीहरुलाई ५१ थान न्यानो ट्रयाक सुट अर्थात न्यानो लुगा वितरण गरियो ।
लायन्स क्लव अफ वीरगंज ग्रीन समेत वीरगंजस्थित १८ लायन्स क्लवहरुको संयुक्त तत्वाधानमा संचालित उक्त कार्यक्रममा लायन्स डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ रमेश अग्रवालले कारागार कैदीको सेवाकालागि समर्पित तथा कार्यरत रहेकोमा खुशी जाहेर गर्नुभयो । उक्त कार्यक्रममा डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानु, वरिष्ठ लायन आर एस खेतान, कैबिनेट सचिव डिएन अग्रवाल, आरबि पाण्डे, विजय गुप्ता, प्रकाश भारती, मनोज बावरे, कपिलदेव तिवारी, मिरा खेतान, सीता अग्रवाल, पुन मुन्द्रा, गणेश बगरीया, उषा खेतान, बिजय जयसवाल, आकाश सर्राफ, प्रज्वल हराललका, मुकेश खेतान, अवधेश सरावगी, विश्वेश्वरी साह, रामेश्वर गुप्ता, मनिष शिस्का, उमेश शर्मा, बिनीति जयसवाल, राजेश जैनसहित पत्रकार, समाजसेवी, महिला पुरुषको उल्लेख्य सहभागिता थियो ।यस अघि अर्थात कार्यक्रमका पहिलो दिन आइतवार नारायणीय उपक्षेत्रीय अस्पतालका विरामीहरु र बाल कल्याण गृहका अनाथ बालबालिकाहरुलाई फलफूल वितरण गरिएको थियो ।

Nepalese Rupee Exchange Rate