पौष २८/वीरगंज/लायन्स क्लवका संस्थापक मेल्बिन जोनको जन्म जयन्ती एवं लायन्स क्लव इन्टरनेशन स्थापना भएको सय वर्षको अवसर पारेर वीरगंजका सम्पूर्ण लायन्स क्लवको संयुक्त आयोजनामा मंगलवार वीरगंजमा वृहत्त रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।वीरगंजको माइस्थान स्थिति पार्कमा आयोजना गरिएको सो कार्यक्रममा पाँच जना महिलासहित ५२ जनाले रक्तदान गरेको क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभयो ।
बिहान आठ बजे शुरु भएको सो कार्यक्रममा लायन्स क्लवका किशोर गुप्ता, राजेश वर्णवाल, मनोज बावरी, उमेश साह कानु, जीवन भगडिया, आरबी पाण्डे, सन्तोष जैन, संजय अग्रवाल, धिरेन्द्र दारुका, धिरज दारुका, प्रकाश उप्रेती, प्रजय हरलालका, डिएन अग्रवाल, राजेश अग्रवाल, दिलीपराज कार्की लगायतको उपस्थिति एवं रक्त संचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर, आर्यन चौधरी, धिरेन्द्र झा, नन्दकिशोर साह लगायतको सहयोगमा भएको सो कार्यक्रममा सौरभ केडिया, सुजित अग्रवाल, मनेज कुमार बावरी, धिरज वर्णवाल, बिकी जैन, सुरेश, सौरभ अग्रवाल, राजेश पटेल, याशमीन खातुन, कृष्ण साह, दिलिप साह कानु, महेश ठाकुर, राजेश्वर नेपाली, सुदर्शन अग्रवाल, रामबाबु पटेल, धनन्जय सर्राफ, संजय साह, पिन्टु अग्रवाल, प्रवीण चौधरी, राजेश्वर रौनियार, रिकेश साह, संजय बराल लगायत ५२ जनाले रक्तदान गरेका थिए ।रक्तदाताहरूलाई क्लवका तर्फबाट डिएन अग्रवाल, राघव आचार्य र उमेश साह कानुले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रम लायन मनोज बावरीको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।
वीरगंजस्थित विभिन्न लायन्स क्लवले यसअघि निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।




Nepalese Rupee Exchange Rate