भ्रष्टाचार विरुद्धको आमरण अनसनमा रिक्सा चालक

९ माघ, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित महादेव मन्दिरमा एकजना रिक्साचालक भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसेका छन् ।
जिल्लाको सुन्दरपुर गाविस–१ बस्ने रिक्साचालक राजकिशोर साहले बुधबार साँझदेखि जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आमरण अनशन थालेका हुन् ।महोत्तरी जिल्लालगायत देशभरि भ्रष्टाचार मौलाउँदै गए पनि सम्बन्धित निकायहरु यसप्रति गम्भीर नभएको भन्दै उनले सात सूत्रीय मागसहित आमरण अनशन सुरु गरेका हुन् ।
उनले काठमाडौँमा मौन अनशन बसेकी महोत्तरीकी शारदाभुसाल झाको माग पूरा गर्नुपर्ने, झा र नेपाल सरकारबीच २०६९ फागुन १९ गते भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, त्यस्तै नन्दप्रसाद अधिकारी दम्पती तथा डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने, सुन्दरपुर विद्यालय तथा गाविसको भ्रष्टाचार छानबिन गरेर कारबाही गर्नुपर्ने, अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । 

SHARE THIS

Author:

Facebook Comment