हत्या आरोपमा दुबईमा नेपाली महिला पक्राउ

युएई, ९ माघ
संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपाली महिला बालक हत्या आरोपमा पक्राउ परेकी छन् । दुबई सहरको अलनादा भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा यसै साता प्रहरीले पक्रेको हो । दुबईबाट प्रकाशन हुने ‘सेभेन डेज’ नामको पत्रिका अनुसार नेपालस्थित आफ्नो घरमा आमाको मृत्यु भएकोले अन्त्येष्टि गर्न जान उनले मालिकसँग अनुमति मागेकी थिईन् । तर, बच्चाको बाबुले घर जाने अनुमति नदिएका कारण रिसले छोराको घाँटी थिचेर मारेको उनले प्रहरीलाई बयान दिएको दुबईका प्रहरी अधिकृत अल मुजैनालाई उद्धृत गर्दै पत्रिकाले समाचार लेखेको छ । ति नेपाली महिलाको ठेगाना भने खुल्न सकेको छैन । 

SHARE THIS

Author:

Facebook Comment