प्रहरीकै मिलेमतोमा खुलेयाम तस्करी


अमित अग्रवाल, ९ माघ,  वीरगन्ज ।   सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा पर्सामा खुला तस्करी भइरहेको छ । सशस्त्र प्रहरी राजश्व अनुसंधानगस्ति वीरगन्ज भन्सार, सीमा प्रहरी चौकी बजार छपकैया, प्रहरी चौकी इनर्वा, र वडा प्रहरी कार्यालय विर्ताले आन्तरिक सहमती गरी तस्करलाई लाइन दिएपछि खुला रुपमै राजश्व चुहावट बढेको हो । सीमामा खटेका सुरक्षाकर्मीले नगद बुझेपछि  विहान ६ बजेदेखि राती १० बजे सम्म वीगन्जको मुख्य भन्सार नाका, सिर्सिया, भकुवा, छपकैया, इनर्वा लगायतका नाकाबाट भन्सार छलिका मल बस्तु भित्र्याउने क्रम अत्याधीक रुपमा बढेको छ  ।
कारोवारीहरुले साइकल, ठेला, टाड्डा,टेम्पु लगायतका सवारी साधन प्रयोग गर्दै दैनिक लाखौंको राजश्व चुहावट गरी मल बस्तु भित्र्याउने गरेपछि सोकार्यलाई नियन्त्रण गर्ने जिम्मा पाएको संयन्त्र मुख दर्शकको भुमिका मात्र निर्वाह गरिरहेका छन् । प्रहरीले कारोवारी संग खुला रुपमा रकम बुझने गरेको दृश्य सहज रुपमा जोकोहीलेपनि देखन पाउने गरेका छन् ।  वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरिएका कपडा, खाद्ययान, मोटरपाटर्स, सौन्दर्यप्रसाधन
तथा गुट्खा वीरगन्जको मुख्य तथा सहायक नाकाहरुबाट कारोवारीहरुले प्रहरीलाई  रकम बुझाएपछि सहज रुपमा  भित्र्याउने गरेका छन् ।
  पर्साको विभिन्न नाकाबाट भन्सार छलिका समान भित्र्याउने गरेको सामाचार  पटक–पटक स्थानिय तथा राष्ट्रिय स्तरका सञ्चार माध्यमले प्रकाशित प्रसारित भएपनि तस्करीलाई नियन्त्रण गर्न कुनै प्रयास प्रहरीबाट नगरिनुले उसको मिलेमतो रहेको प्रष्ट पारेको छ ।
     खुल्ला रुपमै भईरहेको तसकरीलाई नियन्त्रणको प्रयास नगरिएको बारे  पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी  योगराज पाण्डेसंग बुझदा उह“ाले प्रहरीकै रोहबरमा तस्करी ह“ुन असोभनिय कार्य भएको बताउनु भयो । उह“ाले सिमाक्षेत्रमा भई रहेको तस्करीलाई नियन्त्रण गर्न जिल्लाका प्रहरी प्रमुखलाई सक्रिए पारिने र तत्काल तस्करीलाई नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । स्थानिय प्रशासनले अवैध कारोवारलाई नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता गरेपनि रकम बुझी राज्यको राजश्व चुहावटमा सम्लग्न रहेका सुरक्षाकर्मीलाई कारवाही गरिने वा नगरिने कुनै जिकिर गर्नु भएको छैन ।

SHARE THIS

Author:

Facebook Comment