विवस बिचारा बिमार बुढो लाचार भएको छ
गाली गलौजा बुहारीको ब्यबाहार भएको छ
आँशु नभनी दुख थोपा-थोपा खुन खर्चि कठै!
सन्तानकै सेवा गरि उ नब्बे पार भएको छ
अर्काको नासो सम्झी छोरी सुम्प्यो अर्कैलाई
छोराको निम्ती आफ्नै स्वास्नी संसार भएको छ
सपना थिए होलान कति कति इक्षा आकांक्षा
बिचरा आफ्नै नजरमा आज भार भएको छ
समाई औंला सिक्यो जस्ले बाउ बाट बोल्न
आज उस्को हर शब्द-शब्द अंगार भएको छ
धिक्कार्छ आफ्नो कर्मलाई यहि सोची रुन्छ
के चाहें मैले किन उल्टो सस्कार भएको छ
मुजा परेको अनुहारमा अश्रुको भेल ''सरिता''
आबस्यकतामा आधारित यहाँ प्यार भएको छ
-अस्मी जिएएम