अधिकार मागेर त होइन,
खोसेर लिनुपर्छ भन्दै,
सिकाउने हाम्रा अधिकारवादीहरू
घरमा आफ्नै सासु, आमा
औषधि नपाएर छटपटीईरहँदा
औषधि र पानी दिनुको सट्टा
वृद्ध र एकल महिलाको लागि भन्दै
नारी दिवसको नाममा भाषण छाँटिरहेछन्...
अपाङ्ता भएका, बलात्कृत, शोषित नारीका
दु:ख बेदनालाई केन्द्रबिन्दू बनाएर
एकदिने गोष्ठी र सेमिनारमा छाँटेका
भाषणहरूको भरमा आफ्नो पेट भरिरहेछन्
वर्षौं वर्ष सम्म....
हाम्रा कैयौं दिदी बहिनीहरू
एक छाकका लागि सीमा पार भइरहँदा
श्रीमानले भाँडा नमाझेको निहुँमा,
श्रीमतीलाई तिमी नभनेकै आधारमा
मिलेको परिवारमा फोश्रो चेतनाको
आगो सल्काइदिन्छौ र रमिता हेर्छौ
दर्शक बनेर....!
नारीमा चेतनाको विस्तार गराऊ
सम्मान र आदर्शका पाठ सिकाऊ
खोसेर होइन सक्षम बनेर अधिकार लिन सिकाऊ
सँगै कर्तव्यलाई भुल्न नसिकाऊ
तिम्रा भाषण र आदर्श लिएर
चुङभ्याली र ओलाङचुङ्गोला पुग्न सक्छ
बस्तीका आमाहरुलाई विरामी हुँदा
सिटामोल बाँड्न सक
अनि पो भन्न सक्छौं
वा ! अधिकारकर्मी वा !
वा ! अधिकारकर्मी वा !
सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ

Nepalese Rupee Exchange Rate