पर्वत सेवा समाज नेपालले वैधानिकता पायो

पर्वत, २४ फागुन ।
पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले पर्वत सेवा समाज नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन कार्यालय पर्वत र महिला तथा समाजकल्याण मन्त्रालयमा आधिकारिक मान्यता समेत पाएको छ । 

संस्थाले विशुद्ध सामाजिक सेवा गर्नेगरि बिभिन्न मुलुकमा रोजगारीका शिलशिलामा कार्यरत पर्वतेहरुलाई एउटै मालामा उनिएर पर्वतबासीहरुका हरेक समस्यामा साथ दिने मुख्य लक्ष्य रहेको बताइएको छ । ‘सम्पूर्ण पर्बतेलिको एउटै छ नारा जन्म भुमि बिकास गर्ने हाम्रो अभिभारा’ भन्ने नाराका साथ बिशुद्ध सामाजिक सेवामा लाग्नेगरि गठित संस्थाको स्थापना गरिएको संयोजक भुषालले जानकारी दिनुभयो । 

संस्थाले सामाजिक कुरिति र अन्धविश्वासलाई निरुत्साहित गर्दै देश विकासका लागि सत्चरित्रवान समाजको निर्माण गर्ने राष्ट्रिय भावना जागृत गराई ग्रामिण क्षेत्रमा छरिएर रहेको महिला र पूरुष युवा शक्तिलाई संगठित रुपमा परिचालन  गर्ने योजना रहेको बताइएको छ । पर्वत जिल्लाको समग्र विकास गरि राष्ट्रनिर्माणका कार्यमा लगाउने बिशुद्ध उद्धेश्य राखि अघि बढ्न प्रचलित नेपाल कानुनको अधिनमा रहि संस्थागत विकास गर्ने संस्थाको उद्धेश्य रहेको बताइएको छ । त्यसका साथै रोजगारी,व्यपारव्यवसाय, अध्ययन वा अन्य शिलशिलामा प्रवासिएका पर्वतवासीहरु मर्फत पर्वत जिल्लको समग्र विकाससंगै प्राकृतिक बिपत्तीमा सहयोग, अन्याय अत्याचार र शोषणका बिरुद्धमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्धेश्य रहेको संयोकज भुषालले बताउनुभयो । त्यससंगै संस्थाले स्थानीयस्तरमा ग्रामिण उद्यमशिलतालाई समेत प्राथमिकता दिने जनाइएको छ । 

इजरायलमा रहनुभएकी भुषालको संयोजकत्वमा बसेको समाजको भेलाले बिभिन्न मुलुकमा रहेका पर्वतेलीहरुलाई संस्थामा एक–एक जना प्रतिनिधि चयन गरेको छ । जसमा कोरियाबाट इश्वर के सी, इजरायलबाट भोजराज क्षेत्री दुवइबाट  संजिव  अधिकारी, र युबराज भुसाल , मलेसियाबाट दुर्गा पोख्रेल, अमेरिकाबाट प्रभात पौडेल छन् । त्यस्तै माल्दिभ्सबाट प्रकाशभुसाल, साउदीबाट भगीरथ पोख्रेल, जर्मनबाट समिर श्रेष्ठ, बहराइबाट  सुरेश एस बी डीलाई प्रतिनिधिमा चयन गरेको छ । त्यस्तै रुशबाट रामेस्वर गौतम, भारतबाट प्रकाश पाठक, पर्चुगलबाट दिपा शर्मा, कतारबाट सक्ति क्षेत्री , र बिरेन नेपाली चयन गरिएको भेलाले जानकारी दिएको छ । त्यसैगरि हङ्कङ र लन्डन. डेनमार्क , बाट छिट्टै नै संयोजक तोकिने भेलाले निर्णय गरेको छ । 

केहि साताअघि जिल्ला प्रशासन कार्यालय पर्वतमा विधिवत रुपमा दर्ता भएको संस्थामा हालसम्म पर्वत निबासी मुना भुसाल, गणेशबहादुर क्षेत्री, अगन्धर तिवारी, शिवप्रसाद शर्मा, छबिलाल तिवारी, ओमप्रसाद घायल, गायत्री पोख्रेल, आरती रेग्मी, अच्युत तिवारी, प्रतिक्षा केसी लगायत बिभिन्न देशमा रोजगारी र अध्ययनको शिलशिलामा गएका सय भन्दा बढी आवद्ध भइसकेका छन् । संस्थाले आगामी दिनमा छिटै सामाजिक कामको औपचारिक शुभारम्भ गर्नेगरि आन्तरिक गृहकार्य भइरहेको पनि जानकारी दिएको छ ।
यसैगरी हाल सम्म संस्थामा आबद्ध सस्थागत सदस्यहरु,  बिरेन्द्र नेपाली, शक्ति क्षेत्री , दीपक बस्याल , टंक भुसाल ,धन कंडेल ,इश्वर छेत्री ,विक्रम कुवर . कृष्ण कुवर . कमल गुरुङ .स्वदेश श्रेष्ठ,अनिल क्षेत्रि , सुमन कुवर , सन्तोष गुरुङ, प्रेम कंडेल ,संजिव अधिकारि ,राम कृष्ण कंडेल . हरि बहादुर लामीछाने , युवराज भुसाल,इश्वर के सी ,दिनेश ढकाल , विक्रम कुवर , तेजेन्द्र सुबेदी , श्याम क्षेत्रि , गणेश जी सी ,मुकुन्द शर्मा , शिब क्षेत्रि , दीपक क्षेत्रि , लाल बहादुर क्षेत्रि ,गोबिन्द शर्मा , संगीता भट्टराई , चन्द्र क्षेत्रि , जय नारायण सुबेदी ,किरण श्रेष्ठ , धुर्ब जोशी ,,लक्ष्मन शर्मा ,गौतम आचर्य .सुमन केसी , अमित पौडेल, दीपिका भुसाल . राज क्षेत्रि ,डिक कुमार गुरुङ ,मिरा श्रेष्ठ ,हिमाली गुरुङ ,सुसिला भण्डारी , राधा जोशी ,जमुना गुरुङ ,इश्वोरी खड्का ,पर्बत माला केसी ,साबित्र भुसाल , जितु गुरुङ , सुजन मल्ल ,सुमित्र गुरुङ,चन्द्र पुन ,सारा गुरुङ , कल्पना गुरुङ ,तारा देवी गुरुङ , अबिलाश गिरि. दुर्गा प्रसाद श्रेष्ठ , हरि भण्डारी ,दीपक ढुंगाना ,प्रभात पौडेल ,सुन्दर हमाल,राम कृष्ण शर्मा ,कमल आचर्य ,भगीरथ पोख्रेल ,हित काजि जि सी , प्रकाश लामिछाने दुर्गा पोख्रेल, राम कृष्ण श्रेष्ठ, मुना भुसाल, गणेश बहादुर क्षेत्री ,शिब प्रसाद शर्मा, छबि तिवारी, ओम घायल, अगन्धर तिवारी, गायत्री पोख्रेल ,आरती रेग्मी,  अच्युत तिवारी. प्रतिक्षा के सी, दिपेन्द्र के सी, कृष्ण रेग्मी, प्रदीप आचार्य , प्रकाश भुसाल, डम्बर नेपाली,  नबराज पाठक,  समिर श्रेष्ठ,  गंगा भुसाल प्रकाश  भट्टराई, रामेश्वर गौतम, सुरेश एस बी डी, किशुन रेग्मी लगायत रहेका छंन् । 

पर्वत जिल्ला घर भई संसारका जुनसुकै ठाउँमा रहेपनि सो समाजमा आवद्ध भइ परोपकारी कार्यमा संलग्न हुन समाजले सबैमा आग्रह गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment