गजल
तिम्लाई ताली दिउँकी गाली सरकार,
तिम्लाई ताली दिउँकी गाली सरकार,
मार्दैन हरिण कुकुर उचाली सरकार ।।
भाषण छाट्छौ अन्धकार हटाउने,
कैले सम्म बस्ने हो मैन बाली सरकार।।
उत्तरी गोरखा जाऊ पिडा हेरी आऊ,
के थाहा तिम्लाई उकाली ओराली सरकार।।
पानी दिन नसक्नेले ग्याँस दिन्छु रे,
कति ठग्छौ जनता जाली सरकार ।।
निरङ्कुश राजतन्त्र नै ठिक छ बरु,
सूचना आचार्य
गोरखा, हाल काठमाण्डौ

Nepalese Rupee Exchange Rate