स्थानपना दिवसको अवसरमा लायन्स क्लवद्वारा चिया वितरण

पौष ३०/वीरगंज/लायन्स क्लवका संस्थापक मेल्बिन जोनको जन्म जयन्ती एवं लायन्स क्लव इन्टरनेशन स्थापना भएको सय वर्षको अवसर पारेर लायन्स क्लव अफ वीरगंज ग्रीन लगायत वीरगंजका सम्पूर्ण लायन्स क्लवको संयुक्त आयोजनामा बिहीवार वीरगंजमा वृहत्त चिया वितरण कार्यक्रमको आयोजना गरिएको छ ।


वीरगंजको माइस्थान स्थित मन्दिर अगाडीको चोकमा आयोजित सो चिया वितरण कार्यक्रममा करिब एघार सय कप चिया बितरण गरिएको क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभयो ।
क्लवका चन्द्रशेखर पटेलको अध्यक्षतामा भएको सो चिया वितरण कार्यक्रममा डिएन अग्रवाल, रामबिहारी पाण्डे, देव चौधरी, राघव आचार्य, वीरेन्द्र मुन्द्रा, मनोज बावरी, प्रजय हरलालका, बिजय आर्य, विनित जयसवाल, बासु तिमिल्सिना लगायतको सहभागितामा सम्पन्न भएको थियो ।

यसअघि बुधवार साँझ लायन्स क्लवले मेल्विन जोनको जन्मजयन्तीको अवसरमा केक काटेर जन्मदिन मनाएका थिए । सो कार्यक्रममा लायन्स क्लवका इन्टरनेशन डाइरेक्टर संजय खेतान, मल्टिपलका रमेश अग्रवाल, मिनाक्ष्ी गुप्ता, गुड्डी जोशी, निभा दास लगायतको उपस्थिति रहेको थियो । संयोगवस सोही दिन वीरगंजका लायन्स सदस्य ममता गुप्ताको पनि जन्मदिन परेको हुँदा सबैले उनलाई पनि शुभकामना दिएका थिए ।

लायन्स क्लवले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम गर्दै आएकोमा यसवर्ष पनि निरन्तरता दिंदै, न्यानो लुगा वितरण, रक्तदान, लगायतका विभिन्न कार्यक्रम गरेर मनाइएको थियो ।


SHARE THIS

Author:

Facebook Comment