"गणतन्त्र "

गणतन्त्र !!


हे गणतान्त्र तिमी फेरि साँच्चै आऊ ! ती दुःखेका घाउहरुमा तिमीले मलाम लगाऊ.! केहि गरेन पनि नभनु है यो गणतन्त्रले ! बिकाश धेरै हुन्थ्यो र किन खोजेर फुमंत्रले मरेर गया कति यहाँ गणतन्त्रका आसले ! पिरोल्दैछ आज पनि सहिदका ती स्वासले ! सोचेको जस्तो केहि गरेन यहाँ,..गणतन्त्रले पाएका छैनन् बाँच्न यहाँ आफ्ना स्वतन्त्रताले खुशी र सुरक्षा दिएन यसले जनताको माझमा डर भयो घर पुग्न एक्लो दुक्लो साँझमा फुलेन फुल बिकासको, न त कुनै निकाशको शान्तिको गीतसंगै यहाँ नाच भयो पिचासको फरक खासै देखिएन गणतन्त्र आउनुमा .. अर्थाबिहींन भए जनता पार्टी नेता धाउनुमा निराशाले छोपिदै गए मुस्काएका मुहारहरु बढे दिन दिन अत्त्याचार आवाज गुहारका कामना गरुँ आज यो गणतन्त्र दिवशको हटि जाओस जनतासामु दुःखद यो बिवसको तिम्रा दिवासहरुमा यो दियो हामी बोल्नसकौं बिदेशमा न भौंतारी परिवार पालन सकौ !! प्रबासी जो नेपाली छौं तिम्रो धेरै माया गर्छौ! तिमी माया हाम्रो गर हामी पनि तेही सर्छौ रक्षा गरे नेपालको सम्झिएर आफ्नो घर ! रोक्छन भने जन्म दाता खबरदारी छिटो गर हे गणतन्त्र अझै छ हामीलाई तिम्रो पुरा भर खबरदारी गर !! खबरदारी गर!! खबरदारी गर!! हे गणतन्त्र तिमी फेरि फेरि आउ नेपाल जगाउ ! दुखेका ति घाउहरुमा मलाम लगाऊ मालाम जगाउ !!  

नारायणी पाण्डे 
इटाली


गणतन्त्र दिवसको अवसरमा पण्डेले पठाउनु भएको कविता...

SHARE THIS

Author:

Facebook Comment