फेरि भन्ने कि “गणतन्त्र जिन्दावाद” ?

–अशोकमान श्रेष्ठ
नेपाली जनताले गणतन्त्रको लागि लडने दलहरुलाई निकै साथ दिएका थिए । दलहरुले नेपाललाई तानाशाही सत्ताले समाप्त पारेकाले जनताको हक अधिकारको लागि आफुहरुले बलिदान त्याग गर्दै आइरहेको बताउने दलका नेताहरुले आज नेपालमा नेपाली जनताहरुको दुदर्शा कस्तो गर्न सफल भएका छन भन्ने कुरा देख्न पाएका छन । गणतन्त्रको नाममा राज्यको अरबौ रुपैयाँमा लुटतन्त्र मच्चाएर हिंड्ने नेताहरुको कारणले गर्दा आज महाभुकम्पमा परि १० हजार भन्दा बढी जनताले ज्यान गुमाउनु परेको छ भने १८ हजार भन्दा बढी जनताहरु घाइते भएर उपचारको लागि छटपटाइ रहेका छन् ।

नेपालीहरुको हरेक दु:ख कष्ट पीडालाई अन्त गरी छाड्ने आफनो प्रतिबद्धता जाहेर गरेका नेताहरु महाभुकम्प आउने बेला आफैं असुरक्षित भएको महसुुस गरि भूइँमा सुत्न परेको घटनाले हुत्तिहारा नेताहरुले अब नेपाल र नेपाली जनताहरुलाई केही गर्न सक्दैन भनेर सोचने हुन कि फेरि पनि गणतन्त्र जिन्दावाद भनेर हिंड्ने हुन् ?
नेपाली जनताहरु महाभुकम्पको चपेटामा परेर मर्नु न बाँच्नु अवस्थामा पुगेको छ । सत्ता परिवर्तन पछि भ्रष्टाचार, अनियमितता कालाबजारीयाहरुले आफनो शासन संचालन गरिरहेका छन् । उनीहरुको हातमा नै शासनसत्ता भएकाले जे गरेता पनि हुन्छ भनेर मनोपरी रुपमा शासन संचालन गरिरहेकाले नै यस्तो विपत्ति आएको हो । नेपाली जनताहरुको अवस्था कति भयानक रहेको छ भन्ने अहिले आएर आफ्नै आँखाको अगाडी महाभुकम्पमा परेकाहरुको अवस्था देखन पाएका छन् । नेपालीहरुले यस्तो अवस्था भोग्नुपर्छ भनेर गणतन्त्र ल्याएका होइनन् । आम जनताहरुको जनजीवनको सुरक्षा हुन सक्छ भनेर दलका नेताहरुलाई गणतन्त्र प्राप्तीको लागि साथ दिएका हुन् । तर गणतन्त्रको नाममा भाँडतन्त्र मचाएर राखेका नेताहरुले महाभुकम्प समेत ल्याएर जनताहरुलाई आफनै घर भित्र पुरेर मार्न समेत लगाएका छन् । सत्ताको लागि राजनीतिक गर्ने र आफुलाई सबै भन्दा ठूलो नेताको रुपमा चिनाउने गरेकाले भुकम्पमा परेका जनताहरुको लागि केही गर्न सक्ने सोच समेत नभएकाहरुले किन गणतन्त्रको रटान गरिरहेका होलान् ? यिनीहरुले गणतन्त्रको नाममा जनताहरुलाई यसरी नै मृत्युवरण गर्न लगाउने काम कहिलेसम्म गर्ने हुन् ?

नेपाली जनताहरुले सत्ता परिवर्तन पछि कहिले पनि सुख र शान्तिपूर्ण अवस्थामा आफनो जीवन निर्वाह गर्न पाएका छैनन् । सत्तापक्ष र विपक्षी दलहरुको आपसी टकराउको कारण नेपाल बन्द, चक्का जाम, गर्दै ९ वर्ष सम्म जनताहरुलाई दु:ख र पीडा दिंदै आइरहेका छन् । सत्तापक्षले आफनो कुरा नमानेको भन्दै बन्द नै बन्दले नेपाली जनताहरुले भोग्नु परेको समस्यालाई नेताहरुले कहिले पनि बुझ्न सकेनन् । कालाबजारीहरुले आफनो मुनाफा कमाउनको लागि जे पनि गर्न पाएका छन् । उद्योग कलकारखाना बन्द भएर काम न पाएर बेरोजगारी भएर बस्नु परिरहेको बेला कसलाई थाहा थियो । यति ठूलो महाभुकम्प आउन सक्छ । भोक र रोगले त्रसित भएका जनताहरुको लागि गाँस बास कपास दिन नसक्ने सरकार खाली भाषण दिएर जनतालाई ढाँट्ने कार्य गरिरहेको बेला र सरकारमा पुग्न खुट्टा उचालेर बसेका विपक्षी दलहरुले आन्दोलनको नाममा जनताहरुलाई पीडा नै पीडा दिएको बेला भुकम्पले झनै ठूलो समस्या ल्याएको छ ।

गणतन्त्रको नाममा जनताहरुलाई मार्ने काम मात्रै गर्ने नेताहरुलाई साथ दिने जनता नै भएकाले अब गणतन्त्र जिन्दावाद भनेर नेताको पछि पछि लाग्न थाल्यो भने बाँकी रहेको नेपालीहरु पनि आउने महाभुकम्पमा परि यस्तै प्रकारको मृत्युवरण गर्नु पर्ने बाध्यता आइपर्ने छ ।

नेपाली जनताहरुलाई गणतन्त्रले के दियो ? नेपालीहरुलाई भोक भोकै मर्न, नेताहरु लागि परिरहेको बेला गणतन्त्र जिन्दावाद भन्नु यो भन्दा ठूलो अपराध अब नेपालीहरुले कहिले पनि आफैले गर्न हुन्छ । नेपालमा नेपालीहरुलाई महाभुकम्पमा पारि मार्ने अरु कोही होइन । दलका नेताहरु नै हुन् । उनीहरुले जहिले पनि आफनै लागि मात्रै राजनीति गरेर सत्तामोहमा अल्झिएकाले नै भुकम्पमा परि जनताको मृत्यु भएको हो । उद्धारमा नेता र कार्यकर्ताहरुलाई खटाउन नसक्ने तर सत्ता परिवर्तनको लागि हातमा झण्डा बोकेर नाराबाजी गरि चक्काजाम तोडफोड आगजनी सुरक्षाकर्मीहरुमाथि ढुङ्गा प्रहार गर्न मात्रै जानेकाले यस्ता गणतन्त्रवादी नेताहरुले अब नेपाल र नेपाली जनताहरुको भलो गर्न सक्दैन भनेर जनताले कहिले बुझ्ने ?

गण्तन्त्रको नाममा जनतालाई भोक भोकै राख्न चाहेका र राखेका नेताहरुको कारणले गर्दा काम नपाउँदो एउटै घरमा बस्न बाध्य भएका जनताहरु भुकम्पमा परि ज्यान गुमाउनु पर्‍यो । नेपालमा जसले जे गरेपनि हुने सोच राखेका गणतन्त्रवादी दलहरुले आफनो मात्रै फाइदाको लागि विकासको नारा दिएर जनतालाई मृत्युको नजिक पुर्‍याउने काम गरे । गणतन्त्र आयो अब जनताहरुले सुखको दिन देख्न पायो भन्ने नेताले हजारौ जनताहरु भुकम्पमा परि मृत्यु भएकाहरुको शवलाई आँखाले देखे । हजारौं हजार जनताहरु घाइते भएर उपचारको लागि छटपिएको देख्न पाए । कस्तो हो नेपालको गणतन्त्र जनताहरुले आफैले देख्न पाए । विदेशीले ल्याएको गण्तन्त्र अहिले नेपाली जनताहरुको लागि चिहान भयो । पहिले गण्तन्त्रको लागि सबै विदेशी मुलुकहरु नेपालमा ओइरहेको थियो । नेताहरुले जनतालाई दवाव दिएर सडकमा उतारेका थिए । अहिले महाभुकम्पमा उद्धारको नाममा विदेशी मुलुकहरु विना रोकटोक नेपाल भित्र प्रवेश गरेका छन् । भुकम्पको कारण जनताहरु आफै सडकमा आएका छन । नेताहरुले विदेशी मुलुक र जनताहरु गुहार नै परेनन । विदेशी उद्धार टोली हतियार सहित नेपाल प्रवेश गरेका छन भने जनताहरु भुकम्पबाट जोगिन आफै सडकमा आएका छन् । नेताहरु चाहि दुलो भित्र पसेका छन् । यसलाई गणतन्त्र भनिन्छ भने किन चाहियो गणतन्त्र ?

नेपालीहरुलाई केही दिन नसक्ने र नेपालको सार्वभौमसत्तालाई समेत समाप्त पार्न खाले गणतन्त्र नेताहरुको लागि मात्रै भएकाले अब नेताहरुलाई गणतन्त्र दिवसमा नै जमिनमा गाड्ने दिवस किन नमनाउने ? जब सम्म नेपाली जनताहरुले आफनो हक अधिकारबारे सोच्न सक्दैन । भुकम्प जस्तो महाविपत्तीको सामना गरिरहनु पर्ने स्थितिको सिर्जना भइरहेको छ । महाभुकम्पले जनताहरु पीडा बेदना, भएर बाँच्नु परिरहेका छन् ।

गणतन्त्र भन्दै नेताहरुले आफनो दुनो मात्रै सोझाइरहने हो भने अब जनताहरुले आफै भन्न सक्नु पर्‍यो गणतन्त्र मुर्दावाद भनेर   । अनिमात्रै नेपाल र नेपाली जनताहरुको भलो हुनेछ । नेपालीहरुलाई महाभुकम्पमा पारी मार्ने गणतन्त्रवादी नेताहरुलाई समयमा नै सजाय दिन सक्यो भने नेपाल र नेपाली जनताहरुले आफनो मुक्ति आफैं पाउने छन् । यो महाभुकम्पले आम नेपाली जनताहरुलाई राम्रो शिक्षा दिएको छ । दलहरुको पछि–पछि झन्डा बोकेर लाग्नु भन्दा म, मेरो देश, पूर्खाले सजाएर राखेको जस्तो बनाएर राख्न चाहन्छु भनेर गणतन्त्रवादी नेताहरुलाई पाखा लगाएर अगाडी बढ्न सकेमा मात्र आम नेपाली जनताहरुको कल्याण हुनेछ । नत्र भने गणतन्त्रले आउँदो दिनमा पुन: यो भन्दा ठूलो विनाशकारी भुकम्प ल्याउन सक्छ । सबैमा चेत भयो भने ।

(श्रेष्ठ वीरगंजबाट प्रकाशन हुने अविचल साप्ताहिकका सम्पादक हुन्।)

SHARE THIS

Author:

Facebook Comment