राजमतिलाई कुटपीट गर्ने बिरुद्ध कडा कार्वाहीगर्न पिडीत पक्षको आग्रह

बीरगंज /
पर्सा जिल्ला विरन्चीवर्वा गाविस ३ निवासी राजमती देवीलाई कुटपीट गर्ने ब्यक्तिहरुलाई कडा कार्बाहीगर्न पिडीत पक्षले आग्रह गरेको छ । कुटपीटम सम्लग्नलाई उम्कन नदिन आज पत्रकार सम्मेलनको आयोजना गरी आफू माथि भएको सांघातिक हमला र कुटपिटको घटनामा संलग्न व्यक्तिहरु उपर कारवाही गर्नु को साट्टो प्रहरीले घटना दवाउन षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।

होटल सम्झानामा आयोजित पत्रकार सम्मेलनमा पिडित राजमती देवीले आफ्नो खेतमा लगाएको मसुरो बाली डुवानमा परेको विषयमा सोध्न जादा विरञ्चीवर्वा वडा नं. ४ निवासी बाबुलाल राम, संतोष राम, र वडा न. ६ निवासी ज्ञानचन राम, मुन्ना राम लगायतका व्यक्तिहरुले आफू माथि सांघातिक हमला गरेको बताउनु भयो । पत्रकार सम्मेलनमा राजमती देवीले हमलाबाट घाईते भई उपचारका लागि एम्बुलेन्स मार्फत वीरगंज तर्फ गई रहेको अवस्थामा इलाका  प्रहरी कार्यालय पोखरीयाको टोलीले एम्बुलेन्स नियन्त्रणमा लिएर जवरजस्ती मिलापत्र गराउन खोजेको समेत आरोप लगाउनु भयो । उहांले पत्रकार सम्मेलनमा मार्फत समाजमा शान्ति सुरक्षाको दायित्व बोकेको प्रहरीले न्यायकोलागि पुगेकी महिलालाई थप पिडा दिएको हुंदा संचारकर्मी, अधिकारीकर्मी, नागरिक समाज लगायतका संघ संस्थाहरुलाई आफूलाई न्याय दिलाउन अपिल समेत गर्नु भयो । 

SHARE THIS

Author:

Facebook Comment