गणतन्त्रको राष्ट्रवाद

                                                                                         - मिनबहादुर थापा

विस्तारै संविधानका पाना पल्टाए
देखिन राष्ट्रपिता खै कता थिए
फेरी आँखा च्याति च्याती हेरें
भेटिन कतै राष्ट्रिय विभुति पनि
सगरमाथा पनि कहाँ छ भनि हेर्दा
बुद्धलाई झ्वाट्ट सम्झिन पुगें
सिता, गोरख नाथ, वेद व्यास
आराध्य देव पशुपति नाथ किराँतेश्वर
सनातन हिन्दु राष्ट्र नेपाल संगै
बन्दि बने छन् यी बिभुति र गौरबहरु सबै
के भयो यो त न हुने भयो भनि
कुद्दै पुगे सिंह दरबार त्यही घरि
भेटे केहि मनुवा सवार कारमा
चिन्नै नसकिने थिए ति सबै मनुवा
विदेशी पहिरन र चाल ढल मा
थिए हँसिया हथौडा र चार तारे झन्डा
जहँ तहीं उनका निजि साधनमा
देखिन मेरो देश को झन्डा चन्द्र र सुर्य
भेटिन मेरो देशको राष्ट्र धर्म र पोशाक
फेरी कुद्दै पुगे बागमती किनारमा
देखे तस्वीर मेरो, निश्चल बगी रहेको पानीमा
देखे चन्द्र र सुर्य अंकित झण्डा र राष्ट्र धर्म पोशाक
टाँसिएर बसेको थियो मेरो छाती र शरीर मा
गर्वले सलोट मार्दै सम्झिए राष्ट्र र पुर्खा त्यहीं घरि मा
जय सनातन हिन्दु राष्ट्र नेपाल ।




मिनबहादुर थापा


प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment