गणतन्त्र दिवस न मनाउनेले नयाँ संविधान बनाउन सक्छ ?

–उमादेवी शर्मा .(नारायणगढ)
गणतन्त्रको लागि लामो इतिहास बोकेको भन्दै राजनीति गर्न सफल भएका नेपाली काग्रेस,एमाले एमाओवादीले किन राजसंस्था समाप्त पारेको दिनलाई खुसीका साथ जेठ १५ गते गणतन्त्र दिवस मनाउन सकेन । दलहरुले यति ठुलो बलिदान दिएर राजसंस्था समाप्त पारेको र राजसंस्था समाप्त पार्न लाखौ लाख जनताहरुले साथ दिएको भन्दै आइरहेका गणतन्त्रवादी नेताहरुको मनमा यति ठुलो डर त्रास किन उत्पन्न भएको होला । भूकम्पले पुराएको क्षतिबाट जनताहरु निकै पिडीत भएकाले गणतन्त्र दिवस मनाउन नसकेका नेताहरुले राजसंस्था समाप्त पारेको किन भन्ने ? अब नेपालमा राजसंस्था समाप्त भएको छेन भनेर किन भन्न नसकेका नकचरो नेताहरुले जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजसंस्था समाप्त पारेको घोषणा गर्न पुगेकाले २०७२ साल बैशाख १२ गते आएको महाविनाशकारी भूकम्पले पुर्‍याएको क्षतिले गर्दा गणतन्त्र दिवस मनाउन नसक्ने नेताहरुले अब नेपाली जनताहरुलाई नयाँ संविधान दिने भन्दै आइरहेका छन । नेपालमा गणतन्त्र ल्याएका नेताहरुको मुटु कति दरिलो छ भन्ने कुरा अहिले देखा परेको छ । भूकम्प जनताको घर दैलोमा आएको छ । भूकम्पमा परि दलका नेता र कार्यकर्ताहरुको मृत्यु भएको छैनन । गणतन्त्र  ल्याउने नेताहरुलाई साथ दिने जनताको घर भत्कीएर मृत्यु भएका छन । गणतन्त्रवादी नेताहरुले जनताको भयको कारणले गणतन्त्र दिवस मनाउन नसक्नु राजसंस्थालाई सम्मान गर्नको लागि हुन कि वा जनताको आक्रोशबाट आाफुहरु मारिने छु भनेर गणतन्त्र दिवस मनाउन सफल नभएका हुन ?
नेपालको पहिलो गणतन्त्रवादी राष्टपति डा. रामवरण यादव ,उपराष्ट्रपति परमानन्द झा ,प्रधानमन्त्री सुशील कोइराला लगायतका मन्त्रीहरु भुकम्पको त्रासले मात्रै डराएका होइन । नेपाली जनताहरुको आक्रोश फुटने छन भनेर गणतन्त्र दिवस मनाउन डराएका हुन । दलका नेताहरुको मुटुमा यति ठुलो साहस नै उत्पन्न हुन सकेन । जसको कारणले गणतन्त्र दिवस मनाउन नै आँट गर्न सकेन । आम नेपाली जनताहरुले भूकम्पबाट प्रभावित भएर पिडीत भइरहेको बेला गणतन्त्र दिवस मनाएको भए । भूकम्प पिडीत जनताहरुले गणतन्त्र वादी राष्ट्रपति देखि प्रधानमन्त्री लगायतका मन्त्री नेताहरुलाई एउटै खाल्डामो गाडने अवस्थाको सृजना हुने थियो । भुकम्पबाट पिडीत भएका जनताहरुले गाँसबाँस खोज्दै टुडिखेलमा पुगेको भए । सुरक्षाकर्मीहरुले गोली चलाउन बाध्य हुने थियो । गोली लागि घाइते र मृत्यु भएकाहरुको विद्रोहले अर्काै समस्या ल्याउन सक्छ । नेपालमा रगतको खोला गणतन्त्र दिवसमा बग्ने छन भन्ने भय त्रासले गर्दा गणतन्त्रवादीहरुले यति लामो लडाई लडेर ल्याएको गणतन्त्र दिवस आफैले मनाउन नसक्नु कति सम्म कायर मानसिकता रहेको छ भन्ने कुरा अहिले आम जनताहरुले देखन पाएका छन । गणतन्त्र नेपाली जनताहरुले आफनो बलिदानबाट प्राप्त गरेका होइन । भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिबाट भारतीय विस्तारवादले नेपाललाई आफनो छातामुनि राख्न र नेपालको नदी प्राकृतिक सम्पदाहरु लुटनको लागि दलाल नेताहरुलाई भारतमा बोलाएर गणतन्त्र प्राप्तीको लागि आन्दोलन गर्न लगाएका हुन भन्ने कुरा कुनै पनि नेपालीहरुको माझ लुकेका छैन ।
नेपाली काग्रेस,एमाले एमाओवादीले गणतन्त्र प्राप्तीको लागि लडदै आइरहेको र गणतन्त्र दिवस मनाउन  नसक्ने कायर मानसिकता भएका विदेशी दलालहरुले विदेशको इशारामा नयाँ संविधान निर्माण गरेर देखाउन भन्दै छन । नयाँ संविधान निर्माणको कार्य चार दलका नेताहरुको लागि पहाड फोडने जस्तै हुन पुगेको छ । गणतन्त्रलाई संस्थागत गर्नको लागि नयाँ संविधान निर्माण गर्नु पनै दायित्व चार दलका काँधमा परेको छ । नयाँ संविधान निर्माण गर्न सकिएन भने नेपालबाट राजसंस्था समाप्त पारेको कागजमा मात्रै सिमीत हुने भएकाले अब राजसंस्थालाई सधैको लागि अन्त गर्न नयाँ संविधान संविधानसभाबाट पारित गर्नु परेको छ । नयाँ संविधान बनाउनु भनेको दलका नेताहरुको लागि मृत्युको चिहान जस्तो हुन पुगेको छ । अन्तरिम संविधानमा लेखिएको बुँदाहरु नयाँ संविधानमा लेखनु परेको छ । ६०१ सभासदहरुले नयाँ संविधान संविधानसभाबाट नै पास गनृू परेकोले विवाद उत्पन्न हुनेछन । सभासदरुको विचमा भएको विवाद जनताको विचमा पुग्नेछन । नयाँ संविधान नेपाल र नेपाली जनताहरुलाई समाप्त पार्नै विदेशीको इशारामा बनाएका हुन भनेर थाहा पाएको खण्डमा देशमा आगो लाग्ने छन । आगोमा घयु थपियो भने दलका नेताहरु संविधानसभा भित्र नै गुमसेर मनै सक्छ । ६०१ सभासदहरु संविधानसभा बाहिर निस्कने आँट गर्न सक्ने छैनन । संसदमा भोक प्यासले छटपिएर मृत्युवरण गर्न पुगेको अवस्थामा ६०१ सभासदहरुले बल्ल बुझने छन । विनाशकारी भूकम्पमा परेर मरेका नागरिकहरुको पिडा बेदना कतिको थियो भनेर । भूकम्पमा परेका पिडीतहरुलाई एउटा सानो राहत दिन नसक्ने ६०१ सभाहरुले नेपाललाई टुक्रा टुक्रा पारेर संविधान निर्माण गरेर जनतालाई दिएमा ज्वालामुखी जस्तै जनताहरु जाग्न थाल्यो भने संविधानसभा नै जलेर ध्वस्त हुनेछन । भूकम्पले जनताहरु घरभित्र पुरिएर मृत्यु र घाइते भएका थिए । अब नयाँ संविधान निर्माण भएमा दलका नेताहरु संविधानसभा भित्र नै मृत्यु भएमा ६०१ सभासदको नयाँ नेपालको सपना चकनाचुर हुनेछन भनेर बुझन किन सकिरहेका छैनन । भूकम्पमा परि जनताको मृत्यु भएका दुष्य सभासदहरुले देखेका थिए । अब भुकम्प पिडीत जनताहरुले ६०१ृ सभासदहरुको मृत्यु हुने दिन हेर्न पर्खि बसिरहेकाले नयाँ संविधान निर्माण गरेर जनतालाई दिन सक्छन भनेर विश्वास गर्न आधार नै छैन ?


SHARE THIS

Author:

Facebook Comment