
राष्ट्रको अवस्था निकै कमजोर र विदेशीहरुले हस्तक्षेप गरि राष्ट्रियता समाप्त पार्नै अवस्थामा पुर्याएकाले पूर्व राजा ज्ञानेन्द्र शाह निकै चिन्तीत भएर जनतालाई आफनो राष्ट्रप्रति इमानदार भएर सोचनु परेको छ भनी आफनो धारणा सार्वजनिक गर्नुभएको छ । पुर्व राजा शाहले विगतको वर्ष सार्थक र उत्साहप्रद नभएकोले जनतामा निकै निरास छाएको छ । उनले नेपालीबीच कटुताा नदोहोरियोस भन्दै राष्ट्रको भविष्यका लागि जागरुक बन्नेबेला आएको बताएका छन । पूर्व राजा शाहले वितेका वर्ष देशका निम्ति आशा अपेक्षा मुताविकको स्ुखद ,सार्थक र उत्साहजन रहन सकेन ,सबै मिलेर सबैमा समान्जस्य ल्याएर यस्तो संगित क्षणमा परस्पर निषेध, विभेद र अनमेल भैराख्नु निश्चय पनि सुखद विषय होइन । अहिलेको राजनीतिक परिस्थितीका कारण नेपाली जनता चिन्ता ,निराशा र वितुष्णाको स्थितीमा रहेकको छ । राष्ट्रको समुन्नतिलाई निरन्तर अघि बढाउँदै जानुपनैमो जोडि दिएका छन । उनले नियम र नियतीले जति नै निराशा कुण्ठा तथा बेदना बनाए पनि स्वाभिमानी नेपाली जनताले अब आफनो राष्ट्र राष्ट्रियता भविष्यका निम्ति जागरुक बन्नुपनै वास्तविकता अहिलेको काल बेलाले देखाएको बताएका छन ।
पूर्व राजा शाहले नेपाल र नेपाली जनताहरुको लागि नै आफनो यस्तो अभिव्यक्ति दिन पुगेका हुन । नेपालीहरुले आफनो राष्ट्र बचाउन र राष्ट्रघातीहरुलाई पाखा लगाउन जब सम्म एकजुुटभएर लाग्न सक्दैन । तब सम्मम नेपाल र नेपालीहरुको सुरक्षा अब कसैले पनि गर्न नसक्दैन भनेर सोचनु पर्छ । शाहलाई दलहरुले निकै षडयन्त्रपूर्वक समाप्त पारेकाले राष्ट्रको अवस्था निकै जर्जर अवस्थामा पुगेको छ । अब जनता मात्रै जागेको खण्डमा नेपालको सुरक्षा हुन सक्ने शाहको भनाईबाट देखा परेकोले जनता हातमा बाँधेर बसेमा नेपालीहरुको ठुलो दुर्भाग्य हुनेछन भनेर बुझन सकेमात्रै राष्ट्रलाई सुरक्षा गर्न सकिन्छ । नयाँ जोस र आँट लिएर अब जनताहरु आफै सडकमा आएर पूर्व राजा शाहको पक्षमा लाग्न सकेमा राजसंस्थालाई समाप्त पारेका दलहरु आफै समाप्त हुनेछन । नेपालमा दलका नेताहरुले विदेशीहरुलाई गुहार मागेर राष्ट्रलाई नै समाप्त पार्न लागेको छ भन्ने कुरा सबैले बुझीसकेको बेला मौन भएर दलका नेताहरुको कार्यप्रति चुप लागेर बस्ने यो सबै भन्दा ठुलो राष्ट्रघाती कार्य जनताहरुले आफैले गर्न छन भनेर बुझनु पनै बेला भएको छ । राष्ट्र जोगाउनको लागि हजारौ जनताहरुले बलिदान दिएका छन । राष्ट्र नै खतरामा परेको बेला जनता जाग्न सकेन भने नेपालको अवस्था आउँदो दिनमा कस्तो होला भनेर धेरै टाढा नगएर भारतमा विलिन भएका सिक्किमको इतिहासलाई नै लिन सकिन्छ । सिक्किक स्वतन्त्र राष्ट्र भएको भारतीय विस्तारवादले देखन सकेका थिएन । भारतीय शासकले आफनो दलालहरुलाई उत्पादन गरेर सिक्किमलाई भारतमा मिलाउन सफल भएको इतिहास नेपाली जनताहरुले पढेका छन भने अहिले रुसमा विलीन भएका क्रिमीया अवस्थालाई बुझनु पनै बेला भएको छ । त्यस्तै गरि अहिले पनि रुसले युक्रेनमा आफनो जनताहरुलाई विद्रोह गराएर रुसमा विलीन गराउनको लागि जनमत संग्रहको कुरा उठाएर विद्रोह गराएकाले युक्रेनमा अमेरिका ,फ्रान्स ,बेलायतको हस्तक्षेप हुन गएकाले युक्रेनमा रुस समर्थक र युक्रेन सेनाहरु विच भिष्ण लडाई जारी छ । युक्रेनको भविष्य के हुने हो भनेर अहिले भन्न सक्ने अवस्था रहेको छैनन ।
नेपालमा पनि दलका नेताहरु नेपाललाई विभाजित गराउन राष्ट्रघाती नेताहरुलाई साथ लिएर राजनीतिक गर्दै आइरहेका छन । चार दलका नेताहरुले आठ प्रदेशको अवधारणा सार्वजनिक गरेका छन । यो आठ प्रदेश मुलुकलाई टुक्रा टकु्रा पानै खाका मात्रै हो । नेपाललाई टुक्रा टकु्रा पारेर नेपालको अस्तित्व समाप्त पार्न नियत चार दलका नेताहरुले लिएकाले अब पनि जनताहरु आफनो राष्ट्र बचाउन जाग्न सकेन भने यसको ठुलो परिणाम नेपाल टुक्रेर क्रिमीया जस्तै भारतमा विलीन हुन सक्ने अवस्था आउँन सक्छ । राष्ट्रलाई टुक्राएर राजनीति गर्न खोज्ने नेताहरुले नेपाली जनताहलाई जुन भ्रम दिएका छन । त्यसबाट मुक्त भएर राष्ट्र जोगाउन आफै लाग्न सकेन भने नेपाल राष्ट्रको नाम नै समाप्त पार्न नेताहरु सफल हुनेछन भन्ने कुरा अब बुझन ढिलो गर्न हुन्न । पूर्व राजा शाहलाई विदेशी दलालहरुले चारैतिरबाट घेराबन्दीमा पारेर राखेका छन । शाहले बोल्ने वितीकै नेताहरुले विरोध गरि जेल हाल्ने र नेपालबाट नै लखाटिदिने अभिव्यक्ति दिने गरेकाले शाह चुप लाग्दा लाग्दै पनि देश र जनताको लागि जस्तो सुकै पनि विषम परिस्थितीको सामना गर्न तयार भएर अगाडी आएको बेला अब जनता जाग्न सकेन भने राष्ट्र जोगाउन सकिदैन भनेर बुझनु पनेै बेला भएको छद्ध । शाहले नेपाल र नेपाली जनताहरुको अस्तित्वको सुरक्षा गरेका थिए कि थिएन भनेर जनताले आफै ले बुझनु परेको छ । नेपालमा जुन विदेशी चलखेल भइरहेका छन । त्यसले नेपालको राष्ट्रियता खतरामा छन भनेर बुझन सकेमा मात्रै राष्ट्रियतालाई सुरक्षा गर्न सकिन्छ । नेपाल पनि क्रिमिया जस्तै होस भनेर सोचन थालेमा नेपालमा अब त्यो दिन पनि आउने धेरै समय लाग्ने छैनन । नेपाल सिक्किम र क्रिमिया जस्तो हुन न परोस भनेर नै राष्ट्रको भविष्यको लागि जागरुक हुने बेला आएको बताएका ले अब जनताहरु आफनो राष्ट्रको भविष्य सुरक्षा गर्न कति जागरुक भएर राष्ट्रघातीहरुको विरोध जुद्धन सक्छन भनेर हेर्न बाँकी रहेको छ । राष्ट्र जोगाउनको लागि बलिदान दिन तयार भएर जनताहरु जाग्न सकेन भने नेपालको राष्ट्रियतालाई दलहरुले समाप्त पार्न कुनै कस्र बाँकी राखने छैन भन्नेअहिले सम्मको राजनीति घटनाक्रमले देखाएको छ ।