
३६ साल पछि विद्यार्थी जीवनमा राजनीतिक ब्रेन वास गर्ने उद्योग दर्ता भयो । त्यसपछि फस्टाएको यो लोटे हुक्केको विशाल समुह झोलेहरूको समिश्रनबाट झनै झानी पोश पाएर उन्मत्त भयो । अहिले देश यो हाल ¤ दुखद स्थिति छ । अब एक दुइ महिनामा कुनै चमत्कार वा ठुलै दुर्घटना भएन भने अहिले गद्दार हरु ले गरेको “सहमति” भनेको राष्ट्रको मृत्यु पत्र मा हस्ताक्षर साबित हुनेछ । जसरी बिश्वको मोहेंजोदारो, हरप्पा जस्तो महान सभ्यता पनि कालान्तरमा कुनै कमजोरीका कारण लोप भएर गयो त्यसरी नै २५० बर्ष अघि महान योद्धा पृथ्वीनारायण शाहले निर्माण गरेको एउटा राष्ट्रको पतन सुरु भयो ।
– कविता पोयमिस