सहमतिको सकारात्मक पक्ष

१२ बुँदेदेखि विदेशिहरुले चलाएको राजनीतिक प्रकृया र तिनीहरुबाटै निर्देशित दलहरुले संविधान बनाउने वा देशका समस्या हलगर्ने आधार कतै छैन तर हिंजो ४ जनाका बीचमा भएको सहमतिको एउटा सकारात्मक पक्ष चाहिं छ । त्यो हो – दलालहरुका बीचको नयाँ ध्रुविकरण ।

यसबाट पहिलेका गठबन्धनहरु टुट्ने र नयाँ बन्ने संकेत देखाएको छ । संविधानसभा संविधान बनाउनका लागि गठन गरिएको त होईन नै तर यसले ०६२ सालदेखि जारी राखिएको कालरात्रीको संस्करणलाई विश्राम दिएर नयाँ सँस्करणको थालनी गरेको खण्डमा यसले सबै प्रतिक्रियावादीहरुको चरित्रलाई नयाँ रुपमा बाहिर प्रकट हुन सहयोग गर्नेछ । हिजोको सहमति मूलत: आफूमाथि आईलाग्न थालेको अपार संकटलाई टार्ने खेलको प्रारंभिक अभ्यास हो ।
– भरत दाहाल

SHARE THIS

Author:

Facebook Comment