पत्रकार हुनुको फाइदा

पत्रकारीता भनेको केहो ? मलाई भन्दापनि तपाईलाई धेरै थाहा होला । तपाईलाई कति थाहा छ । आजभोलि पत्रकारहरुको संख्या कति छ कति ¤ एक हप्ते, १२ दिने वा २/४ दिन पत्रकारीता तालीम लिएका पनि पत्रकार भन्दै हिंड्छन् । जस्ले आजसम्म न त पूरा पत्रिका नै पढेको छ न त कुनै रेडीयो या टेलिभिजनमा प्रशारण भएको समाचार नै पूरा सुनेको छ । तर के गर्ने ? गोजीमा पत्रकारको काड लिएर हिंडेको छ । पत्रकार त यस्तो हुनुपर्छ, जस्ले सोध, खोज, तलाश, अनुसन्धान गरेको हुनुपर्दछ । तर आज पत्रकारहरुले त कता डान्स पाटी छ, कता कलाकार आएर रतेउली गीत गाए, कता कुन पाटीले पत्रकार भेटघाट गरेर आफ्नो पाटीलाई फाइदा हुन्छ । त्यस्तो त्यस्तो कुरामा अघि छन् हाम्रा पत्रकार मित्रहरु ।
एउटा पत्रकार मित्रले त भन्दै हुनुहुन्थो की पत्रकार भएको फाईदा भनेको प्रदर्शनी, फिल्महल वा कुनै टिकट लाग्ने ठाउँमा पैसा लाग्दैन भन्दै थिए ।
हुन त अरु के नै काम छ र पत्रकार भएर ? न त पत्रिका, न रेडियो न टेलिभिजन कतैबाट पनि तलब पाईदैन ।

  – मीना भट्टराई

SHARE THIS

Author:

Facebook Comment