–प्रवीण अधिकारी
चैत्र शुक्ल प्रतिपदा तिथिमा जन्मिएका महर्षि गौतम ब्रह्माजीका ९ बटा मानस पुत्रहरु मध्ये अंगिरा ऋषिको बंशमा देवगुरु वृहस्पतिको भाइ भै जन्मिएका थिए । इनि सप्तऋषि मध्येका एक ऋषि पनि हुन । इनि शिव भक्त थिए र आफ्नो तपस्याको बलमा इनले महाराष्ट्रको नाशिक भन्ने ठाउमा त्रम्ब्यकेश्वर शिव लिंगको स्थापना गरेका थिए जुन द्वादश ज्योतिलिङर्गको रुपमा प्रख्यात छ । इनकी पत्नी अहिल्या थिइन् ।
बस्तु वा घटना बिशेषको यथार्थ ग्यान प्राप्त गर्न गरिने बिचारहरुको प्रस्तुति र निरुपण न्याय शास्त्र हो । विश्वका प्रत्येक देशमा अपनाइएका न्याय प्रणाली यसै सिद्धान्तमा आधारित छन् । बैदिक ऋषि गौतम (अक्षपाद) यसका प्रणेता हुन् । न्याय सूत्र इनले रचना गरेको ग्रन्थ हो । इनको ईश्वर्वादी दर्शन तर्क प्रधान छ । उनले न्याय दर्शनमा १६ बटा तथ्यहरु उल्लेख गरेका छन् ।
“प्रमाण–प्रमेय–संशय–प्रयोजन–दृष्टान्त–सिद्धान्तावयव–तर्क–निर्णय–वाद–जल्प–वितण्डाहेत्वाभास–च्छल–जाति–निग्रहस्थानानाम्तत्वज्ञानात् नि:श्रेयसाधिगम:”।
१६ पदार्थहरु – प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टांत, सिद्धात, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितंडा, हेत्वाभास, छल, जाति, निग्रह स्थान – यथार्थ ग्यान भएमा मुक्ति प्राप्त हुन्छ भन्ने जनाउँदछ । उनले ज्ञानको साधनाको रुपमा अर्थात न्यायले चार किसिमको प्रमाणहरुको आवश्यकतालाई औंल्याएको हुन्छ भनेर बताएका छन् । अनुभूति (प्रत्यक्ष), अर्थ निकाल्नु (अनुमान), तुलना गर्नु (उपमान) र शब्द ।
अप्रमाणिक ज्ञानमा स्मृति, शंका, भूल र काल्पनिक वाद–विवाद पर्दछ ।
न्यायदर्शनमा प्रत्यक्ष, अनुमान, उपमान र शब्द (यी चार प्रमाणहरु (एचयया) आवश्यक ठानिन्छ ।
यहाँ प्रत्यक्षको अर्थ हो हाम्रा इंद्रियहरुको सिधै सम्पर्क हुनु, अर्थात आफैंले सुन्नु, आफैले चाख्नु, आफैंले देख्नु आदि ।
निष्कर्ष सम्म पुग्ने साधनलाई अनुमान भनिन्छ ।
एउता वस्तुसँग अर्को वस्तुको तुलना गरेर ज्ञान पाउनु उपमान हो ।
यथार्थ वाक्य वा सम्बन्धित विद्वानहरुले भनेको कुरो शब्द प्रमाण हो ।
प्रमाणद्वारा हामी आफ्ना अनुभव सही या गलत भएको विश्लेषण गर्न सक्छौ । दर्शन भन्नाले ठूला ठूला दार्शनिकहरुको कुराकानी न भै सम्पूर्ण समाजलाई सोचने–सम्झिने तरीका हो । वादको अर्थ हो (ज्ञान प्राप्तिको लागि गरिने बहस । जुन बहसको जतिनै उद्दयेश्य हो त्यसलाई विवाद भनिन्छ । यदि हार्छु भन्ने लागेर बहसको उद्देश्य भौतारिन्छ भने त्यसलाई बितण्डा भनिन्छ । हेत्वाभासको अर्थ हो कुनै कारण बताइनु, जुन कारण हो जस्तो लाग्छ तर यथार्थमा त्यो कारण होइन । शब्दको प्रयोग बिभिन्न किसिमले गरेर कुनै कुराको बिरोध गरिन्छ भने त्यो छल हो ।
यस प्रकारले न्याय तर्कद्वारा सत्य सम्म पुग्ने बाटो हो ।
प्रत्यक्ष प्रमाण आफ्नै इन्द्रियहरुले त्यो विषयसँग सम्बन्धित् भएर पाउने ज्ञान हो । यो ज्ञान शब्दात्मक हुँदैन । यसमा कुरोको आवश्यकता हुँदैन । आँखाले प्रत्यक्ष देखिएको श्रेष्ठ मानिन्छ ।
तथा जसलाई पछि खण्डन मण्डन गर्न सकिन्न त्यस्तो निश्चयात्मक ज्ञान प्रत्यक्ष हो ।
गौतम ऋषिले प्रत्यक्ष पछि अनुमानको वर्णन गरेका छन् । गौतम ऋषिका अनुसार अनुमान तीन किसिमको हुन्छ । पूर्ववत्, शेषवत् र सामान्यतोदृष्ट ।
यसमा भूतकाल तथा वर्तमान कालका परिस्थितिहरुलाई केलाएर भविष्यको अनुमान गरिन्छ । आज बादल लागेको छ । बादलको अवस्था हेरेर हामी अनुमान लगाउन सक्छौ आज पानी पर्ला । यस्तो अवास्था हेरेर आकलन गर्नु, धुँवा हेरेर आगोको अनुमान आउनु आदि ।
कुनै चीजको वर्तमान वस्तु स्थिति हेरेर अवशिष्ट बाँकीको अनुमान लाउनु शेषवत् अनुमान हो । जस्तो समुन्द्रको एक चम्चा पानी चाखेर त्यहाका सबै पानी नुनिलो छ भन्नु । जुन अनुमान मा दिएको प्रत्यक्ष दृष्ट उदाहरण साध्यको साक्षात् उदाहरण होइन साध्यको जातिको होइन बरु साध्य जस्तै हो त्यो अनुमान सामान्य अर्थात् सादृश्यमा आधारित भएको कारण सामान्यतोदृष्ट हो । यसमा साध्यको दर्शन सादृश्यको माध्यम बाट हुनसक्छ । जस्तो चन्द्रमाको गति हामी प्रत्यक्षत: देख्न सक्तैनौ तर चन्द्रमाले अपना स्थान बदलेको देखेर हामी अनुमान लाएर भन्न सक्छौ चन्द्रमा गतिशील छ । त्यसरी नै ज्ञानेन्द्रियहरुको प्रत्यक्ष ज्ञान हामीलाई हुन्न तर क्रिया साधकहारूको सादृश्य मानेर ज्ञान साधनको रुपमा हामी तिनको अनुमान लाउन सक्तछौ ।
तेश्रो उपमान प्रमाण हो । उपमान कुनै नचिनिएको बस्तुको त्यस्तो जानकारी हो जसले प्रसिद्ध वस्तुलाई त्यसको साधम्र्य मानेर जानकारी गराइन्छ । जस्तो हामीले स्याल देखेका छैन । तर कुनै सत्य बोल्ने प्रतिष्ठित व्यक्तिले यो कुकुर जस्तै हुन्छ भनेर बतायो भने यसले बताएको कुरोलाई सादृश्य मानेर हामी स्याललाई चिन्न सक्तछौ ।
प्रमाणको चौथो प्रकार हो कुराकानी वा वार्ता । आप्त (यथार्थवक्ता) वचन हो । शब्द प्रमाण आत्मा, शरीर, इन्द्रिय, (पंच ज्ञानेन्द्रिय), अर्थ (रुपरसगन्धस्पर्शशब्द) बुद्धि (ज्ञान), मनस, प्रवृत्ति, दोष, प्रेत्यभाव (मरणोत्तर अस्तित्व) फल, दु :ख और अपवर्ग (मोक्ष) यी १२ बटा प्रमेय हुन् । इनको स्वरुपको ज्ञान अपवर्गकोलागि उपयोगी छ । ऋषि गौतमको भनाइमा अपवर्गकोलागि झुठो ज्ञान नाश हुनु पर्दछ । यसैबाट काम, क्रोधादि दोषहरुको नाश हुन्छ । यसबाट कर्म प्रवृत्ति नाश हुनेछ । प्रवृत्ति नाश भएपछि पुनर्जन्म श्रृंखला खंडित हुनेछ । पुनर्जन्म श्रृंखला खंडित भएपछी भोगिने दु:खको नाश हुनेछ र यही दु:खको नाशनै अपवर्गको स्वरुप हो ।
माथिका बर्णन त् चार प्रकारका प्रमाणहरुको संक्षिप्त वर्णन मात्र हो । यस बाहेक गौतम ऋषिले प्रमेय, संशय, प्रयोजन, दृष्टांत, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितंडा, हेत्वाभास, छल, जाति, निग्रह आदिमा पनि पूर्ण वर्णन समाज कल्याणकालागि न्यायशास्त्रको रुपमा गरेका छन् ।
प्रकाशित मितिः२०७२ जेठ २८ गते बिहीवार