–जनकमान डंगोल
कम्युनिष्ट दर्शन र सिद्धान्तले धर्म मान्दैन र सबैलाई समान देख्छ भन्ने गर्छन् । नेपालको युवा युवतीहरु कम्युनिष्ट पार्टीमा आकर्षित भएका २००६ सालमा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको आधिकारिक स्थापना पश्चात हो ।
कम्युनिस्ट पार्टी जन्माउनुमा त्यतिबेलाका नेताहरुमा महिला नेत्री साधना तथा साहना प्रधान दिदी बहिनीको पनि ठूलो भूमिका छ । साधना तथा साहना प्रधानका दिदी–बहिनीका परिवारहरु बर्माबाट नेपाल फर्केका हुन् जसलाई अहिलेको भाषामा गैर नेपाली भन्ने गरिन्छ ।
साधना तथा साहना प्रधानका दिदी बहिनीहरु मध्ये साधना प्रधानले बाहुन जातिका मनमोहन अधिकारी अनि साहना प्रधानले नेवार जातिका पुष्पलाल श्रेष्ठसंग आफूखुशी कम्युनिष्ट पद्धति अनुसार बिवाह गरेका हुन् । पुष्पलाल श्रेष्ठ राणाकालीन सरकारको कोपभाजनमा परेर मृत्युद्दण्ड पाएका सहिद गंगालाल श्रेष्ठका भाई समेत हुन् ।
कम्युनिष्टहरुको चरित्र पनि अचम्मको हुन्छ । पार्टीका मुखियाले बोलेका हरेक कुरालाई पार्टीको आदेश भनेर मान्नु पर्ने बाध्यता हुन्छ र जो जसले मान्दैनन् तिनीहरु कारबाहीको भागिदारी हुन्छन् । जो जसले पार्टीको कारबाही मान्न ईन्कार गर्छन् ती पार्टीबाट निष्कासनमा पर्छन् वा निस्केर आफ्नो अगुवाईमा छुट्टै पार्टी गठन गर्छन् । २००६ सालमा गठन भएको कम्युनिष्ट पार्टी आज ३ दर्जनमा पुग्नु त्यसैको पुख्ता उदाहरण पनि हो ।
पंक्तिकारको नजरमा नेपालमा १०४ बर्ष हुकुमी शासन चलाउने राणा र कम्युनिष्ट पार्टी एकै जस्तो लाग्छ । राणाहरुले देशको ढुकुटी मासेर आफ्नो नाममा धरोहर बनाउँथे । देशको ढुकुटीमा आफ्नो हात भएपछि आफू र आफ्नो परिवार तथा चाकरिबाजले तर नमार्ने कुरै भएन । कम्युनिष्टहरु पनि यस्तैखाले पद्धतिले चल्ने गर्छन् । हरेक कुरामा पार्टीको नाम दिएर ब्यापारीहरुबाट चन्दा असुल्नेदेखि कार्यकर्ताहरुबाट लेबीको नाउँमा कुस्त रकम असुल्छन र त्यहि रकमले पार्टी अध्यक्ष देखि तिनका आसेपासेले आफ्नो जीवनयापन गर्छन् । ताक परेर सत्तामा जान पाए भने देशको ढुकुटी मासेर आफ्ना पार्टीका नेताहरुको नाउँमा बाटो घाटो, पाटी/पौवा देखि स्मारक खडा गर्न पनि पछि हट्दैनन् वर्तमान् कम्युनिष्टहरू ।
सामाजिक काम तथा बिकास निर्माण हुनु नराम्रो होइन । नामको लागि स्थापना गर्ने तर त्यसको संरक्षण नगर्ने हो भने राणाकालीन युगमा निर्माण भएको विभिन्न धरोहरहरु जसरी विस्तारै नष्ट हुँदै गयो त्यहि स्थिति कम्युनिष्टहरुले बनाएका धरोहरहरुको देखिंदैछ । फरक के छ भने अहिले देशमा राणा शासन छैन । यदि राणा शासन भएको भए आफुले स्थापना गरेका धरोहरहरुको पक्कै पनि संरक्षण गर्थे होलान् ।
नेपालमा बिगत २७ बर्ष देखि कांग्रेस तथा कम्युनिष्टहरुको रजाई छ । यो २७ बर्षको दौरानमा आफ्ना दिवंगत भएर गएका नेताको नाउँमा राणाहरुले जस्तै गरि बाटोघाटो पुलपुलेसा शिक्षण संस्थान देखि स्मारकहरुमा स्वर्गीय नेताहरुको नाम राख्न भ्याय । बि.पी राजमार्ग, पुस्तकालय, प्रतिष्ठान आदि त्यस्तै कम्युनिष्टहरुले पनि पुष्पलाल, मदन भण्डारी, मन मोहन अधिकारी देखि अन्य नेताहरुको नाउँमा समेत बाटो घाटो, पुस्तकालय, स्कुल कलेज, स्मारक देखि अन्य विभिन्नमा नाम राख्न भ्याएका छन् । यसरी नाम राखेर बनाईएका कतिपय त व्यापारिक प्रयोजनमा राम्रैसँग फस्टाई रहेको छ भने सार्वजनिक बनाईएको चै बेवारिसेकै स्थितिमा पुगिसकेको छ ।
कुरो फेरी धर्मकै अनि कम्युनिस्टले जातपात धर्म मान्दैन पनि भन्छन । एउटा सानो उदाहरण प्रस्तुत गर्दैछु ।
२०४६ सालको परिवर्तन पश्चात मकवानपुर जिल्लाको हेटौडा नगरपालिका वार्ड नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारी जग्गा अधिग्रहण गरेर आफ्ना प्रिय नेता स्व.पुष्पलाल श्रेष्ठको नाउँमा पार्क बनाएको थियो । जुन बेला एमालेले पुष्पलाल पार्क बनायो त्यति बेला हेटौडामा एमाले पार्टीको पूर्ण जगजगी थियो । नगरपालिकाको प्राय: सबै पदहरुमा एमालेको हालीमुहाली हुन्जेलसम्म पार्क पनि राम्रैसँग चलेको थियो ।
नेपालमा स्थानीय निकायको निर्वाचन २०५४ पछि भएको छैन । स्थानीय निकायमा सबै सरकारी कर्मचारीहरुको पूर्ण नियन्त्रण छ भने कुनै कुनै समयमा सर्बदलीय संयन्त्र बनेर काम चलाउने गरेको पनि देखिन्छ । जुन दिनबाट स्थानीय निकाय पनि पंगु भयो त्यहि समय देखि पुष्पलाल पार्क पनि बिरुप हुँदै जान थाल्यो ।
पुष्पलाल पार्कको दयनीय स्थिति देखेर ब्रम्ह कुमारी राजयोग सेवा केन्द्रले पार्कलाई पहिलाको भन्दा पनि अझ सुन्दर बनाएर संचालन गर्ने निर्णय केहि समय अगाडी गर्यो । बिरुप भई सकेको पुष्पलाल पार्क आज नयाँ रुप रंग र सज्जाले सजिएर हेटौडाको गौरब बनेर उभिएको छ ।
ब्रम्हाकुमारी विशुद्ध हिन्दु धर्ममा आधारित संस्था हो र यो संस्थाले हिन्दु धर्मको प्रवचनबाट समाजमा चेतनाको ज्योति फैलाउने काम गर्दछ । पंक्तिकार केहि दिन अगाडी पुष्पलाल पार्कको अवलोकन गर्न गएको थियो ।
भित्र पस्नासाथ मुख्यद्वारसंगै हिन्दुहरुको आराध्यदेव भगवान भोलेनाथको मुतिर्को दर्शन गर्न पाईयो भने पार्कको धेरै स्थानमा ओमकार बनाएर राखिएको छ । पार्कको बिच भागमा एउटा कोठा भएको घर छ । चारैतिर पानी भरेर बिचमा रहेको उक्त भवनलाई ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले धार्मिक प्रबचन गर्ने थलोको रुपमा बिकास गरेको छ ।
“पहिला ध्वंस त्यसपछि नयाँ निर्माण” भन्ने मुलमन्त्र बोकेका कम्युनिष्टहरुले आफ्ना नेताहरुको नाममा पार्क त निर्माण गरेर तर उचित स्याहार सम्भार भने गर्न सकेनन् । धर्मको कट्टर दुश्मन तिनै कम्युनिष्टले आफ्ना नेताको सम्झनामा खडा गरिएको पार्कको रक्षाको खातिर आज धर्मकै सहारा लिएको देख्दा यो पंक्तिकारले सन्तोषको साँस फेरेको छ किनभने सहरको मध्य भागमा पार्क बन्नु र त्यसको संरक्षण हुनु पनि राम्रै कार्य हो ।
नारा गुलिया र उग्र हुँदैमा त्यसले बिकासको सहि रुप लिन सक्दैन । विकास गरेपछि त्यसको संरक्षण गर्न पनि सिक्नु पर्दछ । विश्वको एकमात्र हिन्दु धर्म भएको देशमा आफुहरु सत्ता र शक्तिमा पुग्न हिजो जे जसरी धर्मको बद्ख्वाईं गर्दै हिंडे तिनै कम्युनिष्टहरु जीवनको अन्तिम घडीमा आएर आज एक नम्बरको धर्मभीरु भएका छन् ।
अर्काको नक्कल गरेर मात्र हुन्न कमरेडहरु । देशको बिकास र जनताको उन्नतिकोलागि वाद र सिद्धान्त आफैले जन्माउनु पर्छ । उदाहरणको लागी नेपालको हावापानी सुहाउँदो पंचायती व्यवस्थाको जग स्व.राजा महेन्द्रले राखेका थिए तर नेपालको कांग्रेस र कम्युनिष्ट मिलेर त्यसको जरा काट्ने काम गरे । जसको नतिजा नेपालको जनताहरुले अहिले नराम्रो संग भोग्दैछन् ।
प्रकाशन मितिः२०७२ जेठ २८ गते बिहीवार
कम्युनिष्ट दर्शन र सिद्धान्तले धर्म मान्दैन र सबैलाई समान देख्छ भन्ने गर्छन् । नेपालको युवा युवतीहरु कम्युनिष्ट पार्टीमा आकर्षित भएका २००६ सालमा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको आधिकारिक स्थापना पश्चात हो ।
वर्तमान पुष्पलाल स्मृति पार्क |