–अखिलेश कुमार मिश्र
प्रमुख दलहरूबीच अहिले देखिएको एकता कायम राख्दै सहमतिमा संविधान जारी गर्ने र राष्ट्रिय एकता कायम राख्दै सहमतिमा संविधान जारी गर्ने र राष्ट्रिय सरकार निर्माण गर्नेहरू सैद्धान्तिक सहमति हुन सकारात्मक सन्देश हो ।
भू–कम्पले गरेको विध्वंसको आइपरेको दु:खको समान अनुभूति नेपालीहरूले गरिरहेका छन् । भूकम्पकै कारण देश अहिले अति संकटग्रस्त अवस्थामा छ । राजनीतिक दलहरूले संविधान निर्माण र पुनर्निर्माणमा दुबैलाई प्राथमिकतामा राखेर अगाडी इमान्दारितापूर्वक बढेमा वर्तमान चुनौति सुनौलो अवसरमा अवश्य परिणत हुनेछ ।
भूकम्पले मतमतान्तर छाडेर दलहरूलाई संविधान निर्माण र पुनर्निर्माणमा जुट्ने संयोग मिलाइदिएको छ । यो अवसरबाट राजनीतिक दलहरू चुके भने राजनीतिक दलहरूका कारण नेपाल र नेपालीले दुर्भाग्यका दिन बिताउन बाध्य हुनेछन् । दलहरूले जनविश्वास गुमाउने छन् । भूकम्पले एक आपसमा मिलेर काम गर्न र पस्न सिकाएको छ । संकटले एकता ल्याउँदो रहेछ । यही भावना सबैमा सधैं कायम रहे संविधान निर्माण र पुनर्निर्माण अवश्य छिटो हुन्छ । यसकालागि सबल राष्ट्रिय नेतृत्त्व चाहिन्छ । त्यसैले राष्ट्रिय सरकारको आवश्यकता महसुस भएको हुन सक्छ । राष्ट्रिय सरकारको मुद्दाले पुनर्निर्माणलाई ओझेलमा पार्ने, ढिलाई हुने हो कि भन्ने खतरा पनि देखा परेको छ ।
भूकम्प अभिशाप त भएकै छ, सुझबुझले काम गरे यो बरदान पनि सावित हुन सक्दछ । भूकम्पको डरलाई अब हामीले बिर्सनु पर्दछ । सत्ताको छिनाझपटीमा लागेर संविधान निर्माण र पुनर्निर्माणमा ढिलाई र भ्रष्टाचार हुन गयो भने भूकम्पपीडित जनताहरूले राजनीतिक दलका नेताहरूलाई श्राप दिनेछन् । राजनीतिक दलहरूले जनविश्वास गुमाउने छन् । संकटग्रस्त देशमा थप अशान्ति र अराजकता उत्पन्न हुनेछ ।
पुनर्निर्माण र संविधान निर्माणकालागि वर्तमान सरकार कमजोर सावित भएपनि सबै दलहरूको एकता र सहकार्यबाट मात्र भूकम्प पीडितहरूको घाउमा मल्हम लगाउन सकिन्छ । राष्ट्रिय सरकारको नाममा दलीय भागबण्डा र व्यक्तिगत तथा दलगत स्वार्थसिद्धिमा लागे भने दलहरू विश्वसामु नाङ्गिने छन् । यसर्थ पुनर्निर्माण र राष्ट्रिय एकता नै वर्तमानको आवश्यकता भएको सबैले बुझ्न अति जरुरी छ ।
महाभूकम्प देश बनाउने अवसर पनि हो । हामी यतिखेर उत्साह र निरासाको दोसाँधमा छौं । विश्वास र एकता मात्र हाम्रो सहारा हो । भूकम्पको पीडाबाट जतिसक्दो छिटो मुक्त गर्नु राज्यको दायित्त्व पनि हो । राष्ट्रिय संकटबाट राज्य विचलित हुनु हुँदैन । चेतनाभया ।
प्रकाशित मितिः२०७२ जेठ २८ गते बिहीवार