गज़ल

  पदम खतिवडा
 सगरमाथा  लुट्नेहरू धेरै आए यहाँ
 हाम्रो देश  भुट्नेहरू   धेरै आए यहाँ

कैले स्वदेश कैले विदेश  छुपेर जानेले
सोझा जन्ता कुट्नेहरु धेरै आए यहाँ

अखण्ड को नारालगाइ राष्ट्रबादी हुनेले
बिचवाटोमै   छुट्नेहरू धेरै  आए  यहाँ

सत्यलाई लुकाएर असत्यको बाटो हिंडी
देशटुक्राउन  जुट्नेहरू धेरै  आए  यहाँ
  इलाम चुलाचुली
 हाल दोहा कतार     

SHARE THIS

Author:

Facebook Comment