नक्कली १७ चिकित्सा निलम्बित

काठमाडौं-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी चिकित्सा विज्ञान अध्ययन पूरा गरी अभ्यासरत १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले गरेको छानबिन क्रममा नक्कली प्रमाणपत्र भेटिएका चिकित्सकलाई अनुसन्धानपछि अदालती कारबाही जारी रहँदा काउन्सिलले निलम्बन गरेको हो ।

निलम्बनमा परेका १७ जना काउन्सिलमा स्थायी र अस्थायी प्रमाणपत्र लिएर अभ्यास गरिरहेका चिकित्सक हुन्। काउन्सिलद्वारा जारी सूचनाअनुसार निलम्बित हुनेमा बिनिता यादव, सुजितकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद दास, रामबाबु गिरी, तुलसीकुमार महतो, भगवान केबट सल्लाह, सन्तोषकुमार यादव छन्।

त्यसैगरी, अन्य निलम्बितमा शैलेन्द्रकुमार महतो, श्यामबाबु शाह, मे कमरुल हक, कल्याण विश्वास, पशुपतिकुमार चौधरी, मो.अहमद सिद्धिकी, अफजल हुसैन, राजीवकुमार झा, पृथ्वीनारायण यादव र प्रदिप गुप्ता छन् ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले उनीहरुको शैक्षिक प्रमाणपत्रबारे प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दासमेत दायर गरिसकेकाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो ।

उनले नक्कली प्रमाणपत्र पेस गरेर पढेको पुष्टि भइसकेका चिकित्सकले व्यक्तिसमेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काउन्सिल दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णयसमेत काउन्सिलले गरेको छ । निलम्बनमा परेका व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस लगायत अध्ययन पूरा गरे पनि काउन्सिल दर्ता भएर प्रमाणपत्रसमेत लिएर अभ्यास गर्दै आएका थिए । प्रहरीले छानबिन क्रममा ठूलो संख्यामा नक्कली प्रमाणपत्रधारी चिकित्सक रहेको भन्दै काउन्सिल दर्ता भएका सम्पूर्ण चिकित्सकको प्रमाणपत्रबारे अनुसन्धान र छानबिन थालिसकेको छ।

SHARE THIS

Author:

Facebook Comment