यस्तोबाट कस्तो कस्तो ?

यस्तो यस्तो बाट 
कस्तो कस्तो 
अकाश बाट पताल
अनि नेपाली जनता र राष्ट्र 
भए बेपता 
खोज्नै पर्ने भयो 
हाम्रो सम्प्रभुत्ता 
बिदेशी को पछि पछि 
दौडीदै छन् भए भर का नेता !
यस्तो यस्तो बाट 
कस्तो कस्तो 
हेर्दै आँखा चिम्लिनु जस्तो 
छेउ मा जादा दुर्गन्ध ले 
घाँटी घांटी भरिए जस्तो 
वाक वाक गरि फालिदिउ जस्तो 
यस्तो यस्तो बाट 
कस्तो कस्तो 
मुसा हाती बने जस्तो 
स्याल शिंह बने जस्तो 
ब्वासो ले कन्याये जस्तो 
देश को आन्द्रा भुडी 
छताछुल्ल परे जस्तो 
यस्तो यस्तो बाट 
कस्तो कस्तो
मुर्कुट्टा हरु लाइ 
देवता माने जस्तो { आफै अनुभब गरौ



मिन बहादुर थापा

प्रकाशन मितिः २०७3 वैशाख ०२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment