गजल
सत्रहजार मानिस मारी शहीदलाई भेला गर्यौ
गाउँघर सबैतिर चारी शहिदलाई खेला गर्यौ
ऐया ऐया भन्दै यहाँ कति मरे देशका लागि
तिनका सन्तान एक्लो पारी शहिदलाई झेला गर्यौ
गोला बारुद बोकाएर खान पिउन नदिइकन
सपनाको बोकाइ भारी शहिदलाई हेला गर्यौ
कहिले स्वदेश कहिले विदेश ठूला ठूला गाडी चढी
खुशीका ती आँसु झारी शहीदलाई रेला गर्यौ
पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा, कतार
प्रकाशन मितिः २०७३ वैशाख ०९ गते बिहीवार

Nepalese Rupee Exchange Rate