विद्यार्थीमा हराउँदै छ अनुशासन

–डा. अरुण कुमार सिंह
विद्याको खेती गर्नु पर्ने विद्यार्थीहरुमा आजभोलि अनुशासन हराउँदै गएको छ । शिक्षा प्राप्त गर्ने स्थल मन्दिर जस्तो पवित्र हुनु पर्नेमा विद्यार्थीहरुको अनुशासनहीनताले विकृत बन्दै गएको छ । भविष्यका कर्णधार जन्मिने शैक्षिक स्थल नै विकृत र अपवित्र भएपछि यसबाट देशको भविष्य पनि उभो लाग्न सक्दैन ।

विद्यार्थीहरुमा आफ्ना गुरु वा शिक्षकप्रतिको आदर घट्दै गएको छ । संस्कृतबाट लिइएको गुरु शब्दको अर्थ ‘गु’को अर्थ उज्यालो र रु को अर्थ अन्धकार हो । अन्धकारलाई चिरेर सत्य र उज्यालोको बाटोमा हिंड्न प्रेरित गर्ने व्यक्ति नै गुरु हो । तर यत्रो गहनतम अर्थ र जिम्मेवारी बोको गुरु या शिक्षक प्रति सम्मान दिन प्रतिदिन घट्दै गएको छ । यसको अनुभुति स्कुल, कलेज, बिश्व विद्यालय र मेडिकलको अध्ययन हुने हरेक क्षेत्रमा गर्न सकिन्छ । विभिन्न राजीतिक संगठन र वादमा लागेर वा ती संगठनहरुबाट परिचालित विद्यार्थीहरुले शिक्षा र अनुशासनको महौल बिगारि दिएकाछन् । पढ्ने उर्वर समय राजनीतिमा खर्च गरेर यी विद्यार्थीहरुले आफ्नै खुट्टामा बञ्चरो हानिरहेको हेक्का गर्न सकेका छैनन् । शैक्षिक स्थलमा राजनीति हैन कि पढ्ने कुरा मात्र गर्नु र हुनु पर्दछ ।

सिनेमा र मोबाइलले पनि विद्यार्थीहरुको ध्यान पढाई र अनुशासनबाट हटाएको छ । तीन घण्टाको सिनेमामा देखाईने रेडिमेड दृश्य जस्तो हुँदैन मानिसको जीवन यहाँ संघर्षको भट्टीमा खारिएर मात्र विधार्थीको भविष्य बन्न सक्दछ भन्ने कुरा उनीहरुले बुझ्नु पर्दछ ।

शिक्षकले पनि विद्यार्थीलाई बुझ्न र बुझाउन सकेका छैन । शिक्षक र विद्यार्थी दुबैको बीचमा आत्मिय संवादको खाँचो छ ।

(प्रकाशन मितिः२०७३ वैशाख ९ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment