मनमा इच्छा भयो भने जे पनि गर्न सकीन्छ ।’ बालिका चौधरी ९सामुदायिक नेतृव ले एउटा भिडियो देखाएपछि राजनन्दनी जयसवाल ९१६० ले जोशीलो आवाजमा भनिन् । राजनन्दनीको कुरा सकिन नपाउँदै कार्यक्रम भइरहेको हलको एउटा कुनाबाट आवाज आयो, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ संस्कृती ९वीरगञ्जका युवाहरुको समुह० ले आयोजना गरेको ‘‘वीरगञ्ज युथ फेस्टिभल’’ को तेश्रो तथा अन्तिम दिनको दृष्य हो यो ।
फेस्टिभलको अन्तिम दिन पहिलो र दोश्रो दिनभन्दा निकै भिड थियो । हलको एउटा कुर्सी पनि खाली थिएन । सहभागिहरु ठुलो हलको कुर्सीमा नअटाएर भुँईमा पनि बसेका थिए । कोहि पछाडितिर उभिएका थिए । उनीहरुले बालिका चौधरीका साथै अमुदा मिश्र ९सामाजिक व्यवसायि०, आशा कुमारी सिंह ९पर्वतारोहि० र मनिष महर्जन ९कार्यक्रम संयोजक, काठमाण्डौ साइकल सिटी० को प्रस्तुतीमा सकृय सहभागिता जनाउदै ध्यान दिएर सुनिरहेका थिए ।
चैत ५ गतेबाट शुरु भएको फेस्टिभल ३ दिन चलेर आज सकियो । ‘हामीले फेस्टिभलबाट धेरै कुरा सिक्न पाँयौ ।’ फेस्टिभलमा आएका युवा ज्ञानेन्द्रराज मिश्र भन्छन्, ‘यि कुराहरुले युवालाई अघि बढ्न मदत गर्नेछ ।’ फेस्टिभलमा युवाको आवश्यकता अनुसारका सामग्रीहरु प्रस्तुत भएको उनको बुझाई छ ।
‘भुकम्प र राजनितीक अस्थिरता भोगेका युवाहरुमा सकरात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने लागेर हामीले युथ फेस्टिभल आयोजना गरेका हौ ।’ आयोजक संस्कृतीका सह संस्थापक मनिष पौडेल हलमा रहेका युवाहरुलाई औँलाले देखाउँदै भन्छन्, ‘यिनिहरुलाई सृजनशिल काम गर्न प्रेरणा दिने उद्देश्य हो हाम्रो ।’ उनले यसो भनिरहँदा दश वर्षे जनयुद्ध र त्यसको सेरोफेरोमा आधारित डकुमेन्ट्रि ९द सारी सोल्जर्स, जुली ब्रिघम० चलिरहेको थियो । ‘त्यतिमात्र होइन, आर्थिक नगरीको रुपमा परिचय बनाएको वीरगञ्जमा केहि फरक गर्ने सोच पनि हो ।’ संस्कृतीको साझेदार संस्था फोटो सर्कलका संस्थापक भुषण शिल्पकारले मनिषको कुरा सकिने वित्तिकै थपे ।
फेस्टिभलमा सहभागि हुन आएका अनुभवि पत्रकार तथा लेखक नारायण वाग्ले पनि फेस्टिभलमा सहभागि हुन पाउँदा खुशी लागेको बताउँदै थिए । ‘यो ठुलो कुरा हो । वीरगञ्जका युवा साथिहरुले गरेको प्रयास निकै राम्रो छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ संस्कृतीका एकजना सदस्यसँग कुरा गर्दा उनले यस्तो भनेका थिए ।
महोत्सवको पहिलो दिन अधिवक्ता दिपेन्द्र झाले वर्तमान राजनितीक अवस्था र संवीधानको बारेमा मन्तव्य दिएका थिए । भने वीरगञ्जका पत्रकार गिरिश गिरीले लेखेको पुस्तक ९वीरगञ्ज ः मेरो शहरको कथा० को वीरगञ्ज विमोचन गरिएको थियो । त्यसपछि पत्रकार तथा लेखकद्वय नारायण वाग्ले र गिरीश गिरीवीच पुस्तकको बारेमा कुराकानी भएको थियो । भने केसाँग छेतेनको डकुमेन्ट्रि ९डेजर्ट इट अस० देखाइएको थियो ।
साझँ साँडे ६ बजेदेखि माईस्थान पार्कमा स्थानिय कलाकार सोधा यादव र जनकपुरका कलाकार ललित कामतको टिमले सांगितिक कार्यक्रम प्रस्तुत गरेको थियो । फेस्टिभलको दोश्रो दिन भुषण तुलाधर ९वातावरणवीद्० र कञ्चन झा ९सामाजिक व्यवसायि०को प्रस्तुती भएको थियो । भने, युवा नेता गगन थापा र पत्रकार सुजित महतवीच ‘राजनितीमा युवाहरुको स्थान छ की छैन रु भन्ने विषयमा संवाद भएको थियो ।
साँझ साँडे ६ बजे माइस्थान पार्कमा वीरगञ्जका स्थानिय कविहरु र काठमाण्डौका युवा कविहरुको समुह ‘वर्ड वारियर्स’ले आफ्ना कविताहरु प्रस्तुत गरेका थिए । अन्तिम दिन माइस्थान पार्कमा वीरगञ्जका फुटबलरहरुमाथि बनाइएको डकुमेन्ट्रि ९टिम नेपाल० देखाइएको थियो । डकुमेन्ट्रि सकिएलगत्तै संस्कृतीका सदस्य आँशु सर्राफ, मुन्ना सर्राफ, एलिसा उदासलगाएतले महोत्सवलाई निरन्तरता दिने वाचा गर्दै समापनको घोषणा गरेका थिए । फेस्टिभल अवधिभर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेस्टिभल स्थल ९त्रिजुद्ध बिद्यालय, वीर्ता० मा फोटो काठमाण्डौको फोटो प्रदर्शनी र आर्ट ल्याबको लाईभ आर्ट जारी थियो । ३ दिनको अवधीमा करीव २५ सय जनाले महोत्सव अवलोकन गरेको संस्कृतीका संस्थापक सदस्य सुदिप शाक्यले बताए ।