वीरगंज, फागुन १४ । संसारकै सबभन्दा बढी लोकप्रिय सामाजिक संजाल ‘फेसबुक’ ले प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राख्दै "लाइक" मात्र गर्नुपर्ने बाध्यतालाई हटाएको छ ।
केही महिना अगाडी क्याल्फोर्नियास्थित फेसबुक मुख्यालयमा आयोजित एक कार्यक्रममा फेसबुकका संस्थापक मार्क जुकर बर्गले घोषणा गरे अनुसार हालै "लाइक" मात्र गर्नुपर्ने बाध्यता हटाएको हो ।
फेसबुकले सन् २००९ मा ‘लाइक’ बटनको विकल्प उपलब्ध गराएको हो । त्यतिबेलादेखि नै ‘डिसलाइक’ बटनको माग हुँदै आएको छ ।
फेसबुक प्रयोगकर्ताहरुले आफ्ना साथीका तस्वीर तथा स्टाटसलाई मन पराएको अर्थमा ‘लाइक’ बटन प्रयोग हुँदै आएको छ । तर ‘डिसलाइक’ बटनलाई भने प्रयोगकर्ताले कसैको तस्वीर तथा स्टाटस ‘मन नपराइएको’ अर्थमा नभई सहानुभूति व्यक्त गर्ने तरिकाका रुपमा प्रयोग गर्ने फेसबुकको विश्वास छ ।
जुकरबर्गले भने, ‘जब दुःखले भरिएका पोस्ट देखिन्छ, त्यसमा लाइक गर्नु असमवेदनशील मानिन्छ, यस्तो अवस्थामा माउसको क्रसर लाइक बटनमाथि लगेपछी "लभ", "हाहा", "वाउ", "सैड" र "एंग्री" बटन, को विकल्प प्रयोग गर्न सकिन्छ ।
यस अघि प्रयोगकर्ताले कुनै पनि पोस्टमा ‘लाइक’, ‘कमेन्ट’ वा ‘शेयर’ को विकल्प पाउँदै आएका थिए । तर कसैको निधन भएको पोस्टमा ‘लाइक’ गर्नु व्यवहारिक रुपमा राम्रो नदेखिएका कारण त्यस्ता पोस्टका लागि फेसबुकले ‘डिसलाइक’ विकल्प राखिएको जनाइएको छ ।