अहमदिया संघ नेपालको तेस्रो जलशाको सम्पुर्ण तयारी पुरा

वीरगंज,चैत्र १२
अहमदिया संघ नेपालले आफनो तेस्रो बार्षिक जलशाको सम्पुर्ण तयारी भएको बताएको छ । होटल सम्झनामा मधेसी पत्रकार समाज पर्साको संयोजनमा भएको पत्रकार सम्मेलनमा अहमदिया संघ नेपालका आर्थिक बिभाग प्रमुख मिर अब्दुल हफिजले बिश्वको २०६ वटा मुलुकमा यस जमातले धार्मिक एवं समाजिक क्रियाकलाप गर्दै आएको बताएका थिए ।
 नेपालमा संघले २०५१ सालबाट कार्य गर्दै आएको बताउदै प्रेम सवैलाई गरौं घृणा कसैलाई नगरौं मुल नाराका साथ संघले नेपाल लगायत बिश्वभरी बिशुद्ध धार्मिक एवं आध्यत्मिक जमातको काम गर्दै आएको बताउनु भयो ।  पत्रकार सम्मेलनमा संघका सर्कल ईन्र्चाज महमद हासीम,वीरगंज मेशनेरी ईन्र्चाज मोइन अहम्द,अन्नासारुल्लाह नेपालका अध्यक्ष पिर महम्द लगायतको उपस्थिती रहेको थियो । पर्सा जिल्ला गाबिस प्रसौनी भाठा स्थित मसरुर पब्लिक स्कुलको प्रागंनमा संघको तेस्रो एक दिवसिय जलसा हुने  र हाल संघको नेपालका पर्सा ,बारा ,चितवन,सिरहा,सप्तरी,सुनसरी,मोरङ्ग,झापा,तनहुँ,गोरखा,काठमाडौं ,भक्तपुर,ललितपुरमा आ आफनो शाखा बिस्तार गरी कार्य गर्दै आएको सर्कल ईन्र्चाज महम्द हासिमले बताए । प्रसौनीमा हुने  जलसामा संघका प्रमुख अगुवाहरु जल्लालुदिन साहेव,सोयब अहम्द, ईस्माईल ताहिर,कमरुल होदा,महम्द ईस्माईल लगायतकाले शुभकामना संदेश दिने कार्यक्रम रहेको र  भारत ,नेपाल ,पाकिस्तान,बङ्गलादेश लगायतको ठाँउहरुबाट सहभागिता रहने आयोजक समितीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गरेका थिए । 

SHARE THIS

Author:

Facebook Comment