मोदनाथ सँग आफु मानसिक रोगि भएको प्रमाण माग्दै सारदा .

काठमाडौं, ११ चैत्र । भ्रष्ट्राचार विरोधि आन्दोलनमा लागेकी अभियन्ता शारदा भुुषालले केहि दिन अघि आफ्नो जीवनको वास्तविकता लेखेको भन्दै ‘धरातल’ नामक पुस्तक बजारमा ल्याईन । उक्त पुस्तकमा बरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री मोदनाथ प्रश्रितले आफूलाई १३ वर्षदेखि बारम्बार बलात्कार गरेको उल्लेख गरेकी छिन् ।
सो कितावमा मोदनाथले आफ्नै घरमा आफूलाई बन्धक बनाएर शारिरि शोषण गरेको उल्लेख गरेकी शारदाको धरातले आफू माथि लगाएको आरोपको खण्डन गर्दै केहि समय अघि पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलनमा मोदनाथले आफूले शारदा माथि कुनै पनि शोषण नगरेको उल्लेख गरेका थिए । उनले पत्रकार सम्मेलनमा भनेका छन् ‘यस्ता समाजविरोधी तथा तथ्यहिन सामाग्री प्रकाशित गर्ने प्रकाशक र लेखक दुबैको मति सुुध्रियोस् भन्ने कामना गर्न चाहन्छु ।
यस्ता जनविरोधीहरुका बारेमा यति भन्नु नै उपयुक्त हुनेछ भन्ने लाग्छ । कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामाग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस् भन्ने पनि मेरो अनुरोध छ ।’ उनले शारदा मानशिक रोगी भएका कारण उनका परिवारले उपचार गर्न पठाएकाले काठमाडौं लिएर आएको बताएका थिए ।
बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर भुुषालले मोदनाथका कुराको खण्डन गरेकी छन् । उनले आफूबलात्कारमा पर्दा परिवारका सबै सदस्यले बलात्कारिलाई नै सघाएको आरोप लगाएकी छिन् । आफूलाई मानशिक रोगी भन्ने मोदनाथ को भन्ने प्रश्न गर्दै भुुषालले मानशिक सन्तुलन गुमाउनुको प्रमाण मागेकी छन् ।
- साभार मिडिया एनपि 

SHARE THIS

Author:

Facebook Comment