धादिंङ्गमा एकै पटक ७० वटा सर्प मरे पछि

कटुन्जे (धादिङ): 

धादिङको कटुन्जे गाउँ विकास समितिको काउलीबासे धारामा एकपटक सत्तरी जति सर्प मरेपछि त्यहाँका स्थानीयहरु त्रसित भएका छन् ।
आफुहरुले वर्षौंंदेखि नागपूजा गर्दै आएको धाराको पानी भूकम्पपछि सुक्दै गएर एकैपटक ७० भन्दा बढी सर्प मरेको अवस्थामा भेटिँदा स्थानी अचम्मित भएका हुन् । 

भूकम्प गएको एक वर्ष बित्नासाथ स्थानीयहरुले पानी खाने धारामा नाग देवताको रुपमा मान्दै आएका सर्पहरु सबै भकाभक मर्न थालेपछि फेरि अनिष्ट हुने भन्दै गाँउलेहरु त्रसित बनेका हुुन् ।
स्थानीय पुजारी रामबहादुर बज्राचार्यले टेलिफोनमा भने, ‘हामीले पानी खाने धारो नजिकै कहिलेकाँही देखिने सर्पहरु अहिले सबै भकाभक मरेका छन् । के हुन लागेको होला ? पानी पनि सुकेको छ । पानी खान नपाएर मरेका हुन् कि अन्य कारणले थाहा पाउन सकिएन ।’ 
रातो र कालो रंगको तथा पुच्छर बोधो भएका ती सर्पहरु कहिलेकाहीँ पानीको मुहान वरपर निस्कने गरेको स्थानीयहरुले बताएका छन् । तर अहिले एकै स्थानमा यति धेरै सर्प मर्दा उनीहरु केही नराम्रो हुन लागेको भन्दै चिन्तामा समेत परेका छन् । 
भूकम्पपछि एक्कासी मुल बढेको काउलिबासे धारामा विस्तारै पानी सुक्दै गएको थियो । यही बैशाख १२ गते भने मूल नै ठप्प भई त्यहाँ भएका सर्पहरु मर्दै गएको स्थानीयहरुले बताएका छन् । 
वातापरणीय सन्तुलनका लागि अति आवाश्यक मानिने सर्प पानीको मूल सुकेका कारण पानी खान नपाएर मरेको या जंगलमा  सल्केको डढेलोका कारण जमिन तातेर मरेको भन्ने अनुसन्धानको विषय बनेको छ ।
स्थानीय बुढापाकाहरुले भने अत्याधिक गर्मीका कारण पानीका मुहानहरु सुक्न थालेकाले पानी खान नपाएर ति सर्पहरु मर्न थालेको बताएका छन् । 
कटुञ्जेबासीले मरेका सबै सर्पहरु एकै ठाँउमा जम्मा गरी राखेका छन् । भूकम्पपश्चात लामो समयसम्म परेको खडेरी र जंगल विनाशका कारण पानीका मुलहरु सुक्दै जान थालेका कारण स्थानीयहरु अहिले पिउने पानीको समेत चरम समस्यामा परेका छन् ।
-

SHARE THIS

Author:

Facebook Comment