गाबिस भवन निर्माण नहुदा सेढवाका बासिन्दा आक्रोशित


बीरगंज ९ बैशाख ।
पर्साको सेढवा गाविसको भवन निर्माणका लागि रकम निकासा भएर पनि गाविस सचिवको लापरवाहिका कारण भवन निर्माण हुन नसके पछि स्थानिय बासिन्दा आक्रोसित भएका छन् ।
आर्थीक बर्ष ०६६/०६७ र ६७/६८ मा गाविस भवन निर्माणका लागि गाउं परिषदबाट ५ लाख रुपैया विनियोजन गरिएकोमा विनियोजित रकम मध्ये २ लाख ३० हजार रुपैया तत्कालिन गाविस सचिव योगेन्द्र राय यादवले निकालेर हिनामिना गरेको कारण गाविस भवन बन्न नसकेको स्थानिय बासिन्दाले आरोप लगाएका छन् । रकम निकासा भएर पनि भवन निर्माण नगरे पछि स्थानिय बासिन्दाले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा पटक पटक ताकेता गर्दा समेत कुनै सुनुवाई नभएको गाविस सह सचिव रामनारायण प्रसाद थारुले बताउनु भयो । तत्कालिन गाविस सचिव यादवले २ लाख ७० हजार गाविसको बजेट समेत बैंक खाताबाट निकालेर गायव गराएको र भवन निर्माणको रकम समेत हिनामिना गरेको अहिले गाविसको कार्यभार सम्हालेका गाविसका सहसचिव थारुले बताउनुभयो । साथै गाविसको लागि खरिद गरिएको कम्प्युटर समेत तत्कालिन सचिव यादवले आफ्नो व्यक्तिगत प्रयोजनका लागि घरमै राखेको समेत थारुले बताउनुभयो । 

SHARE THIS

Author:

Facebook Comment